अर्घाखाँचीमा कोरोना समिक्षा बैठकद्धारा सुरक्षा र स्वास्थ मापदण्ड अपनाउन अनुरोध

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कोरोना भाइरस संक्रमण विरुद्धको समिक्षा बैठक सम्पन्न भएको छ ।
लुम्बिनी  प्रदेश  सभासद रामजी प्रसाद घिमिरेको  प्रमुख आतिथ्यतामा सम्पन्न समिक्षा बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि , समन्वय समितीका उपप्रमुख ऋषि बहादुर पुलामी ,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी लगायत शुरक्षा निकायकका प्रमुखहरु अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख तथा संचारकर्मीहरुको उपस्तिथि रहेको थियो ।
बैठकले गत बर्षको समिक्षा गर्दै आगामी दिनहरुमा सम्पुर्ण जनसमुदायहरुलाई शुरक्षा र स्वास्थ मापदन्ड अपनाउन अनुरोध गर्ने निर्णय गरेको छ।
बैठक जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षता तथा समन्वय अधिकारी लक्ष्मी गौतम पान्डेको सहजीकरणमा सम्पन्न भएको थियो ।