हंसपुरमा बिपन्न वर्गलाई आय आर्जनका लागि बाख्रा बितरण कार्यक्रम सम्पन्न (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
हंसपुर, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ र ७ हंसपुरमा बिपन्न वर्गलाई आय आर्जनका लागि बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको छ । 
हंसपुरमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत शुक्रबार बिपन्न वर्गलाई आय आर्जनका लागि बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा दुबै वार्डका १८ जना बिपन्न वर्गलाई आय आर्जनका लागि  ६१ वटा बाख्रा बितरण थियो । वार्ड न ६ मा वडाअध्यक्ष नारायण अर्यालको अध्यक्षता कार्यक्रम सिफारिस समिती सदस्य दल बहादुर भट्टराईको प्रमुख आथिथ्य्तता , वार्ड सदस्य निम बहादुर सुनार्को आथित्यता  सगरमाथा बिमा कम्पनिका कर्मचारी रन्जित परियारको आथित्यता अनि कार्यक्रम सहजकर्ता भरत न्यौपानेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
यसैगरि वार्ड नम्बर ७ मा वडाअध्यक्ष खडक प्रसाद भुसालको अध्यक्षता कार्यक्रम सिफारिस समिति सदस्य दल बहादुर भट्टराईको प्रमुख आथिथ्य्तता , सगरमाथा बिमा कम्पनिका कर्मचारी रन्जित परियारको आथित्यता अनि कार्यक्रम सहजकर्ता भरत न्यौपानेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।