शितगंगा नगरपालिकाका सबै १४ वार्डहरुमा एमाले निकट राष्ट्रिय युवा संघ नेपालद्वारा वार्ड कमिटी गठन

झनक के.सी 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका सबै १४ वार्डहरुमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले वार्ड कमिटी गठन कार्यक्रम सम्पन्न गरेको छ । 
राष्ट्रिय युवा संघ नेपालले आज शुक्रबार शितगंगा नगरपालिका वार्ड नम्बर ६, १० र १३ गरि १४ वटा वार्ड कमिटी गठन कार्यक्रम सम्पन्न गरेको हो । 
जसमा वार्ड नं ६ मा संयोजक रोशन भुसाल, सह संयोजक शन्त बहादुर घर्ती, बाबुराम आचार्य, कृष्ण के.सी, सचीव खुम बहादुर भाट, सह सचिव सोमान सिंह बि.क गरी ५१ जना सदस्य रहेको  वार्ड कमिटी गठन गरेको छ । 
यस्तै वार्ड नं १० मा संयोजक राम बहादुर बलाल, सह संयोजक बल बहादुर कुवर, रूद्र रायमाझी, धनराज बेल्बासे, सचिव किरण बेल्बासे सह सचिव हिमेन्द्र बेल्बासे  गरी २१ जना सदस्य रहेको  वार्ड कमिटी गठन गरेको छ ।  
साथै वार्ड नं १३ मा संयोजक टान बहादुर बि.सि, सह संयोजक सगरमाथा बि.सि, बिष्णु पैाडेल, प्रकाश पोख्रेल, गणेश बुढाथोकी, सचिव चोप बहादुर बि.सि, सह सचिव मान बहादुर थापा गरी ३३ जना सदस्य रहेको  वार्ड कमिटी गठन गरेको छ ।   
 
उता शितगंगा नगरपालिका वार्ड नम्बर  २,३,४,५,८,९,११,१२ राष्ट्रिय युवा संघ नेपालले वार्ड कमिटी गठन गरिसकेको छ। 

अन्य समाचारहरु