२०७७ चैत्र २७, शुक्रवारमा प्रकासित
अनिल नेपाली / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ने.क.पा ( माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति माेर्चा अर्घाखाँचीकाे विस्तारित बैठक, भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका नेता तथा दलित मुक्ति मोर्चाका केन्द्रिय सहसयोजक पुर्व मन्त्री दलजित श्रीपालीले नेपालको परिबर्तित आन्दोलनमा दलित समुदायले राजनैतिक र भाबनात्मक रुपमा महत्वपुर्ण योगदान गरेको बताउनुभएको छ । शुक्रबार सदरमुकाम सन्धिखर्कमा दलित मुक्ति मोर्चाले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै श्रीपालीले यस्तोे बताउनुभएको हो।
कार्यक्रममा बोल्दै नेता श्रीपालीले बर्तमान राजतिनिक व्यबस्थामा परिबर्तन ल्याउनका दलित समुदायले हात बन्दुक बोेकेले परिबर्तन सम्भब भएको भन्दै ति परिबर्तनलाई उल्टाउनको लागि बर्तमान सरकार लागि परेको बताउदै बर्तमान सरकार लोकतन्त्र विरोधी सविधान विरोधी भएको बताउदै बर्तमान सरकार प्रतिगामी भएको बताउदै जनताले थप आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभएको थियो । बर्तमान प्रधानमन्त्री केपी ओलीले सविधान मिचेर विधि प्रक्रिया मिचेर दलित समुदाय माथि कुठरघात गर्न खोजेको समेत आरोप लगाउनुभएको छ । एक फरक प्रसँगमा कुरा गदै नेता श्रीपालीले बर्तमान सरकारले बार्ता सवादको माध्यमबाट क्रान्तिकारी शक्तिलार्ई खुल्ला राजनितिक ल्याउनु राम्रो कुरा भएतापनि क्रान्तिकारी योद्धालाई विना कारण हिरासतमा राख्नु बार्ता विरोधी भएको बताउनुभएको छ ।
कार्यक्रममा मोर्चाका लुम्विनी अध्यक्ष कर्मलाल परियारले क्रान्ति आन्दोलन भएपनि परिबर्तन हुन नसकेको बताउदै परिबर्तनका एजेन्डा कागजमा मात्र सिमित रहेको ले दलित समुदाय थप जागरुक हुनुपर्ने बताउनुभएको थियो ।
माओबादी केन्द्का जिल्ला संयोजक ठाकुर कुमार विक किशोरले केही प्रक्रिगामी दक्षिणपन्थीले माओबादी आन्दोलन छोडेर अबसरबादमा रुपान्रित भएकोले सहिदका सपनाले सरापर्ने बताउनुभएको थियो । कार्यक्रममा नबनिवार्चित कार्यसमिति दलित समुदायबाट पत्रकार महासघका प्रतिनिधित्व गर्ने अध्यक्ष अशोक खनाल सहसचिब अनिल नेपाली सदस्य बाबुराम रसाइली बसन्त विक सागर परियार लगायतका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो कार्यक्रममा गाँउपालिका नगरपालिकाबाट मोर्चाका संयोजकहरुले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रम मोर्चाका अध्यक्ष विष्णु परियार को अध्यक्षता रामकृष्ण विकको सञ्चालन मोर्चाको नेता सन्जु नेपालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा माओबादी केन्द्का जिल्ला कार्यालय सदस्य राजेन्द्र भुसाल युवाका लुम्विनी सह ईन्चार्ज ठाकुर सौराग जिल्ला इन्चार्ज कृष्ण सारु लगायतको आतिथ्यता रहेको थियोे ।