तानाशाह र महत्वाकांक्षी बन्नेलाई इतिहासले छिटै लखेटनेछ: नेता ठाकुर वि.क | अर्घाखाँची डट्कमसँग बिशेष संबाद
चैत्र २८ गते, २०७७ मा प्रकाशित
केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी-केन्द्र)का अर्घाखाँची जिल्ला संयोजक तथा प्रदेश सचिवालय सदस्य ठाकुर कुमार वि.क.ले तानाशाह र महत्वाकांक्षीको भबिस्य छिटै समाप्त हुने बताएका छन् ।
अर्घाखाँची डट्कमसँगको बिशेष संबादमा ठाकुर कुमार वि.क.
अर्घाखाँची डट्कमसँगको बिशेष संबादमा उनले यस्तो बताएका हुन् । तत्कालिन नेकपा अध्यक्ष के . पी . शर्मा ओली तानाशाह शैलीमा रमाउदै अन्तर्राष्ट्रिय साम्राज्यवाद र अतिबादको गोटी बनेका कारण तत्कालिन नेकपा बिभाजन भएको उनको भनाई छ ।
नेपालमा देशी बिदेशी प्रतिक्रियावादी शक्तिको इशारामा एक समूह संघिय गणतन्त्र देखन नचाहेको भन्दै नेता बि . क . ले देशलाई प्रतिगमन तर्फ धकेल्न उक्त समूह सक्रिय भएर लागेको उल्लेख गरे ।
माओबादी केन्द्रको लक्ष्य संघिय गणतन्त्र संस्थागत गर्दै समाजबादि ब्यबस्था भएको तथा देश र जनताको हितमा काम गर्न माओबादी नै सक्षम रहेको संयोजक बि . क . को भनाई छ ।
नेपालमा साठी प्रतिशत भन्दा बढी बामपन्थी रहेको तर एकीकृत हुन नसकेकोले समाजबादी राज्य ब्यबस्था तर्फको आन्दोलन निष्कर्षमा पुग्न नसकेको उनको ठम्याई छ ।
टोप बहादुर रायमाझीले जिल्लाका सत्तरी भन्दा धेरै सहिदको रगतको अपमान गर्दै पदको पछि लागेको भन्दै उनले यस्ता कुसंस्कार बसाल्न खोज्नेको नाम लिनु पनि औचित्य नरहेको बताए। माओबादी जनयुद्धले बनाएको रायमाझी आफ्नो इतिहास बिर्सेर प्रतिगामिको पछि लागेकोले अब उनलाइ जनताले नपताउने दावी गरे ।
कतिपय ब्यक्तिहरु स्वार्थ सिद्दिका लागि पार्टी छोडेपनी नीति र पद्दतिमा रहने हरु पार्टीमा नै रहेकोले सांगठनिक अबस्था बलियो रहेको दावी गरे ।ब्यक्ती र पदको पछि लाग्ने हरु गएर पार्टी अझै सुढृड र मजबुत हुने उनले बताए ।
सन्धिखर्क नगरपालिकाका उप मेयर समेत रहेको बि . क . ले नगरको बिकास र समृद्धिमा अहोरात्र लागेको बताए । जनप्रतिनिधिको हैसियतमा गरिने कार्यमा कुनै राजनितिक भेदभाव नगरिएको र आगामी दिनमा पनि त्यस्तो कुनै भेदभाव नगर्ने उनले बताए ।
खासगरी सन्धिखर्क नगरपालिका कृषि र पशु क्षेत्रमा उल्लेखनीय बिकास गर्न लागिपरेको बताए । कृषिको बिकास र किसानको सहजताका लागि सुलभ कृषि कर्जा, एक वार्ड एक स्वास्थ चौकी, आबस्यक जनशक्ति, शिक्षाको गुणस्तर र बिकासका लागि संघिय सरकार संघ समन्वय गरि बिधालयका भवन तथा शौचालय निर्माण जारी, सामाजिक बिकास तर्फ युवाहरुलाई प्रबिधी हस्तान्तरण, कुलतमा लाग्ने लाई मोटिभेशन, लैङ्गिक हिसां न्यूनीकरण संबन्धी रणनिती निर्माण, पर्यटनको बिकास गर्न अर्घा मन्दिरमा मुर्ती, नरपानीमा डुङ्गा सवार बिस्तार सुपादेउरालीमा आएका पर्यटकलाई सन्धिखर्क हुँदै अर्घा पुर्याउने लक्ष्य, फोहोर ब्यबस्थापन, नगरपालिका र वार्ड कार्यालयका कार्य सम्पादनमा अन्लाइन प्रणाली जस्ता कार्यक्रम सन्धिखर्क नगरपालिकाले ल्याएको बताए ।