ढाकावाङका किसानहरु विकासका नाममा विनाश हुन लागेको भन्दै आन्दोलित

विनोद गैरे
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङका किसानहरु विकासका नाममा विनाश हुन लागेको भन्दै आन्दोलित भएका छन् ।  
आफुहरु सित कुनै सल्लाह र सहमति नै नगरी मनोमानी ढंङ्गले सिंचाई गर्ने कुलो पुरेर मोटरवाटो निर्माण गर्न लागेको भन्दै त्यस क्षेत्रका किसानहरु आन्दोलनमा होमिईएको किसानका अगुवाहरुले जानाकारी दिएका छन् । सिमित व्यक्तिहरुको हितको लागि मोटरवाटो खन्दा कुलो पुरिन गई ९ हेक्टर खेत बाझै रहन सक्ने सम्भावना भएको र खेतमा चैते धान रोपाईको लागि तैयारी अवस्थामा रहेको धानको विउ समेत पानी नभएर सुक्न थालेपछि आफुहरु अन्यायमा परेको किसानहरुले गुनासो गरेका छन् । 
मोटरवाटोको आफुहरु विरोधी नभएको र बैकल्पिक स्थान पहिल्याएर कम क्षती हुने स्थानवाट मोटरवाटो लैजाने सवालमा आफुहरुले साथ सहयोग र सर्मथन गर्ने समेत किसानहरुले जानाकारी दिएका छन् । यदि आफुहरुको यो समस्यानलाई नबुझी मनोमानी ढंङ्गले मोटरवाटो खन्ने कार्य अगाडी बढाएको खण्डमा आफुहरुको जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने समेत किसानहरुले चेतावनी  दिएका छन् । अहिले अन्जाजी २०० मिटर मोटरवाटो जेसिवीले खनिसकेको र सो २०० मिटरको क्षेत्रको कुलो पूर्ण रुपमा पुरिएको र विन्न्नि स्थानमा भत्कीएकोले जेसीविलाई रोकी राखेको त्यहावाट जानाकारी प्राप्त भएको छ ।  
उता सो विषयमा वडा अध्यक्ष बुद्धिबहादुर थापालाई बुझ्दा मोटरवाटो खन्ने सवालमा कसैले पनि वडासंग कुनै समन्वय नै नरेको र जानाकारी समेत नगराएको जानाकारी दिनुभएको छ । किसानहरुले सम्पर्क गरेर आफुहरु अन्यायमा परेको जानाकारी गराए लगत्तै आफु सो स्थानमा पुगी बस्तु स्थिती बुझेको र किसानहरु बास्तममै समस्यामा परेकोले किसानहरुको हकहित र अधिकारको पक्षमा निरन्तर लागिरहने समेत प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।