अर्घाखाँचीमा दक्ष कामदार भिसा सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
चैत्र २८ गते, २०७७ मा प्रकाशित
केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा दक्ष कामदार भिसा (SSW) सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पाणिनी बहुमुखी क्याम्पसमा गरिएको उक्त कार्यक्रमको आयोजना बिटा ट्रेनिङ्ग सेन्टर बुटवलले गरेको थियो ।
कार्यक्रममा केही समय अगाडि नेपाल सरकार र जापान बिच भएको कामदार भिसा सम्झौता पछि जापान जान पहिलेको जस्तो १५ देखि २० लाख खर्च गर्न नपर्ने र करिब निशुल्क लागतमानै जापान जान सकिने बारेमा जानकारी गराइएको थियो ।
अब जापान जानको लागि क्षमतावान र इच्छुक युवाहरुलाइ क्षमता अभिबृद्दी र जापानीज भाषाको सिकाइमा सहजीकरण गर्न BiTa Training Center बुटवलले भुमिका खेल्ने प्रशिक्षक विशाल पोख्रेलले बताए । उनले सिधा क्लास मात्र बिकल्प नभई अनलाइन मार्फत पनि क्लास लिएर जापानीज भाषा सिक्न र स्किल सम्बन्धी प्रशिक्षण लिन सकिने बताए ।
कार्यक्रममा जापान स्थित Dogwood Community का कम्युनिकेशन म्यानेजर तथा नेपाल प्रतिनिधि प्रकाश आचार्य सहित युवा बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।