नवीन रसाइली
कुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -२ कुरमा सामुदायिक रेडियो सुर्योदय एफएम अर्घाखाँचीले नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशन तथा ७ औ जिल्ला अधिवेशनबाट जिल्ला कार्य समितिमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरेको छ ।
रेडियो सुर्योदय एफएमको नयाँ भवन कुरमा शनिबार नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशन तथा ७ औ जिल्ला अधिवेशनबाट जिल्ला कार्य समितिमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा सबै पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सामुदायिक रेडियो सुर्योदय एफएमका अध्यक्ष अादरणिय व्यक्तित्व सिद्वि प्रसाद भुसालले सबै पत्रकारलाई सम्मान पत्र वितरण गर्नुभएको थियो ।
सामुदायिक रेडियो सुर्योदय एफएमकी सदस्य लक्ष्मी भुसालले टीका लगाई सम्मान गर्नुभएको थियो । कार्यक्रम सामुदायिक रेडियो सुर्योदयका सचिव नारायण भुसालको सञ्चालनमा भएको हो । कार्यक्रममा सामुदायिक रेडियो सुर्योदय एफएमक्षा सदस्य विष्णु ढुङ्गनाले स्वागत मन्तव्य राख्नुभएको हो ।
कार्यक्रममा नव निर्वाचित नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले सम्मान कार्यक्रममा बोल्दै अर्घाखाँचीको इतिहासमा पहिलोपटक रेडियोले सम्मान कार्यक्रम राखेको यश रेडियो प्रति उहाँले आभारका शब्द व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष बिरेन्द्र के.सी ज्यूले पनि महत्त्वपूर्ण भनाइ राख्नुभएको हो । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँची जिल्ला कार्य समितिमा नव निर्वाचित सहसचिव तथा सामुदायिक रेडियो सुर्योदय एफएमका पुर्व स्टेसन म्यानेजर हृदय कुमार भुसालले यो आजको सम्मानले काम गर्ने क्षमतामा अझै उर्जा थप गर्ने छ, हामीले चलाउने कलम अझै तिखारिने, जनताको पक्षमा काम गर्न हौसला मिल्ने छ, उहाले मिडियामा आवद्व सक्रिय पत्रकार साथीहरूलाई महासंघले उचित मुल्यांकन गर्ने छ, समेत उहाँले बताउनुभएको छ ।
सामुदायिक रेडियो सुर्योदय एफएमकि सदस्य लक्ष्मी भुसालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।