धन दौलत (कविता)

गंगा ज्ञवाली खनाल 
म सँग  धन दौलत  छैन् 
तिमीलाई सजाउने हिरा मोती  छैन् 
तिमीलाई सिँगार्ने
 सुन चादी पनि छैन् 
तर
 म संग जे छ नी !!…
त्यसले तिमी 
झन् सिगरिने छौं 
झन् सुन्दर देखिने छौं 
हो..      म धनी छैन
म सम्पन्न पनि होईन 
तर
 तिमीलाई सुन्दरता दिन 
प्रयाप्त छु ।
बुझ्नु तिमी
मैले दिने कुरा कसैले दिन सक्दैन ।
मैले बुझ्ने भाषा कसैले बुझ्न सक्दैन 
तिमी जे थियौं  जस्तो थियौं  
हो त्यस्तै थिए म पनि .
हो
 त्यसैले त दाबी का साथ भन्छु 
तिमीलाई सबैले भन्दा धेरै बुझ्छु 
त्यो तिम्रो मलिन अनुहार मा 
अदृश्य पीडामा अभावमा
प्रस्नै प्रश्न भरिएका नयनमा  
सधैं हुने एक्लो पनको महसुस मा 
मैले दिने ममताले मायाले
अदृश्य रूपमै मैले दिने साथले 
मेरा वचनले मेरा कर्मले 
तिमीलाई अवस्य खुसी दिलाउने छ 
एक्लो पन दूर भगाउने छ 
नयनले आफू जस्तै कोही भेटाउने छ 
अनि नी
संसारमा सबै भन्दा चाहिने कुरा
हाँस्ने साथ र रुने काख पाउने छौ।
त्यस पछि अवस्य 
तिमी मुस्कुराउने छौं 
तिमी भित्र खुसी पलाउने छ 
आफन्त बुझ्ने छौं
तिमी मुस्कुराउँदा 
तिमी खुसी हुँदा 
सायद 
संसारका सबै सुन्दर वस्तु 
पछि पर्ने छन् 
किनकि तिम्रो मुस्कानमा 
तिमी जस्तो राम्रो कोही हुने छैन् 
अनि मेरा नयनले त्यही देख्न 
आतुर छ बेचैन छ ।