अर्घातोषको श्री सरस्वती माविमा ४ महिनादेखि शिक्षक बिहिन, अझै परिक्षा भएन्

दिपेन्द्र खत्री 
अर्घातोष ,अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ अर्घातोषको डाँडाकटेरी स्थित श्री सरस्वती माता माध्यमिक विद्यालयमा १२ जना शिक्षक , शिक्षिका र १ जना सहयोगी गरी १३ जनाको भरमा विद्यालय सञ्चालन भइरहेको छ । विषयगत शिक्षक अभावका कारण विद्यालयको पठनपाठन प्रभावकारी बन्न सकेको छैन भने गाउँका बालबालिका राम्रो शिक्षाका लागी अन्यत्र जानु पर्ने अबस्था उत्पन्न भएका छ ।
 मा.विः शिक्षक ३ जना, नि मा.वि शिक्षक ४ जना, प्र.वि शिक्षक ५ जना, वा.ल १ जना, र सहयोगी १ जना भएपनि सामाजीक विषय शिक्षकको दरबन्दी खाली रहेको विद्यालय प्रधानाध्यापक हुमानन्द खनालले बताउनुभयो । कक्षा १० सम्म सञ्चालित विद्यालयमा पठनपाठन गुणस्तरीय नभएको बिधार्थीहरु बताउछन्, । ‘गाउँकै विद्यालयमा शिक्षक अभाव भएपछि बालबालिका पड्नका लागि अन्यत्र जान बाध्य छन् ।पहिलेको तुलनामा बिधालयमा पठनपाठन प्रभावकारी नहुँदा बर्सेर्नि विद्यार्थी घटदै गएको देख्न सकिन्छ ।
 विद्यालयमा सामाजीक बिषय अध्यापक शिक्षक पुस १३ गते बाट निस्कासन भए ,त्यसपछि विद्यालयमा बिधिगत रुपमा माघ मसान्त सम्म शिक्षक आवेदन खुल्ला भयो,२४ जना आवेदकले आवेदन दिए, आवेदन दिएका आवेदक हरुको फागुन १३ गते परिक्षा थियो ।,आवेदकहरु परिक्षाको तयारीमा जुटिसकेका थिए,तर विद्यालयले परिक्षाको अगिल्लो दिन परिक्षा सरेको सुचाना निकाल्यो । त्यसको केहि दिन पछि पुन परिक्षा हुने भनी फागुन १७ गते मिति तय गर्यो,परिक्षार्थी हरुलाई सुचना पनि गरियो। परिक्षार्थी परिक्षको तयारीमा व्यस्त भए, फेरी  विद्यालयले सुचना गर्यो र परिक्षा रोक्यो । 
पटकपटक किन रोकियो परिक्षा
पुस १३ बाट दरबन्दी खाली रहेको विद्यालयमा बिधिअनुसार दरबन्दी परिपुर्तिका निम्ती आबेदकहरुले आबेदन दिएपनि परिक्षा दिन पाएनन् ।गाउँपालिका र विद्यालयको समतिमा परिक्षा गराउने भनियपनि परिक्षको अगिल्लो दिन गाउँपालिकाको शिक्षा साखाबाट परिक्षा गराउने कर्मचारी दुईमध्य १ जना उपचारको निमित बाहिर गएको र परिक्षा गराउन १ जनाले मात्र सम्भब नभएकाले परिक्षा रोक्न गाउँपालिका बाट सुचना आयो परिक्षा रोकियो ।पुन गाउँपालिका र विद्यालयको साजेदारीमा फागुन  १७ गते परिक्षा हुने मिति तयभएको सुचना गरियो। विद्यालयमा परिक्षको लागी सबै तयारी भयो,आबेदक पनि तयारीमा भए,गाउँबाहिर रहेका आबेदक परिक्षाको लागी गाउँ आए,सबै तयारी सकिएपछि पनि परिक्षा फेरी रोकियो । 
व्यवस्थापन समितिका कारण शिक्षकको अभाव
 सरस्वती माता माध्यमिक विद्यालयमा अहिले व्यवस्थापन समितिनै नभई विद्यालय संचालन भईरहेको अबस्था छ ।फागुन १७ गतेहुने भनिएको परिक्षा रोकिनुमा व्यवस्थापन समितिको व्यवस्थापन समिति समाल्ने समय अबधी त्यहि दिन सकियो। व्यवस्थापन समिति निस्केको दिन परिक्षा गराउन नमिल्ने भएकोले परिक्षा रोकियो। पटकपटक परिक्षा रोक्नु ,आबेदकहरुलाई लाई दुख दिने काम भईरहेको छ ।यसले गर्दा बिधार्थीहरुले बिषय शिक्षक पाउन सकिरहेका छैनन् ।
 पटकपटक विभिन्न सरकारी निकायमा शिक्षकको व्यवस्था गर्न माग गरिए पनि बेवास्ता भइरहेको देखिन्छ ।राजनीतिक पहुँचका आधारमा भागबन्डा मिल्ननसकेकै कारण बिधालयले अहिलेसम्म दरबन्दीका शिक्षक नराखेको र स्थानीय सरकारले समेत शिक्षक व्यवस्थापनमा सहयोग नगरेकोे देखिन्छ, पर्याप्त पूर्वाधार नहुँदा गाउँका विद्यार्थी अन्य सामूदायिक र नजिकै गाउँका निजी विद्यालयमा गएको पाईन्छ ।