बाँगीकी निमोनिया- दमको समस्या भएकी एक महिलाको कोरोना संक्रमितबाट मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीकी एक महिलाको आज उपचारका क्रममा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।
बाँगीकी ७९ वर्षीया एक महिलाको चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९:५० बजे मृत्यु भएको हो । 
उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।  जिल्लामा  कोरोनाका कारण १५ जनाको निधन भएको छ ।
जिल्लामा आजसम्म संक्रमितको संख्या ८०८ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३८३ जना, शितगंगा नगरपालिकामा ११०,     भूमिकास्थान नगरपालिकामा १३७,   मालारानीमा ९१,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५४  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७८८   जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७६  जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२,    मालारानीमा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
 
आजसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ५  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो । जिल्लामा पुन: कोरोना खोप लगाउने कार्यक्रम जारी छ ।