भिम बिसी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा भुमी सम्बन्धि समस्या समाधान आयोग अर्घाखाँचीले पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
सन्धिखर्क नगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा , वडा न. १,२,३,६,७, र १२ का वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि तथा संचारकर्मी लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रम मा भुमी सम्बन्धि आयोगको कार्यपत्र जिल्ला समन्वय अधिकारी लक्ष्मी पान्डे गौतम ले प्रसुतिकरण गर्नु का साथै भुमि बिज्ञ तिलक मिश्र ले सहजीकरण गरेका थिए ।
जिल्ला समन्वय कार्यलयका नासु बिनोद कुवरको संचालन भुमी सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष केबि को को अध्यक्षता र आयोगको सदस्य शिबकला बिकको स्वागत मन्तव्य मा सम्पन्न भएको हो।