भुमिकास्थानमा विप्लब नेतृत्वको नेकपा निकट दलित मुक्ति मोर्चाको दोस्रो भेला सम्पन्न (फोटो सहित)

अनिल नेपाली 
नुवाकोट, अर्घाखाँची ३० चैत । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका लुम्विनी व्युरो सदस्य तथा नबलपरासी ईन्चार्ज धिरज रानाले उत्पिडित समुदाय आफ्नो अघिकारको लागि सदैब सङ्गठित भएर समाजमा दविएर रहेका घटनाहरु बहिर ल्याउनको लाग्नुपर्ने बताउनुभएको छ । 
दलित मुक्ति मोर्चा नेपाल अर्घाखाँचीले आज भुमिकास्थान नगरपालिकाको किलुकमा आयोजना गरेको द्रोश्रो जिल्ला भेलालाई सम्बोधन गदै ईन्चार्ज रानाले यस्तो बताउनुभएको हो ।
 
कार्यक्रममा मन्तब्य राख्दै रानाले उत्पिडित समुदाय आफ्नो अघिकारको लागि सङ्गठिन भएर सघर्षमा जानुको विकल्प नरहेको बताउदै आफ्नो पार्टी उत्पिडित समुदायको हक अघिकारको लागि सदैब लाग्नेमा जोड दिदै उत्पिडित समुदायको हक अघिकारको लागि लड्ने एक मात्र पार्टी नेकपा रहेको बताउदै दश बर्षेको जनयुदले परिबर्तन ल्याएता पनि शासकहरुको दम्भले आज ती उपलब्धी गुमेको बताउदै दलित समुदायले अब एकीकृत जनक्रान्ति मार्फत आफ्नो अघिकारको लागि लड्ने पर्ने बताउनुभएको छ । 
कार्यक्रममा मन्तब्य राख्दै मोर्चाका केन्द्रिय सदस्य तथा लुम्विनी सयोजक जित बहादुर रसाइलीले समाज बर्गविहिन समान अघिकार हुनुपर्नेमा जोड दिदै समाज रुपान्तरणका लागि आफु रुपान्तरण हुनुपर्ने सगठित भएर सघर्षमा जानुपर्नेमा जोड दिदै दलित समुदायकोे लागि संसदीय व्यबस्था निकास दिन नसक्ने भएकोले जनता बिकल्पको खोजीमा रहेको बताउनुभएको थियो । कार्यक्रममा नेकपा भुमिकास्थान नगरपालिका ईन्चार्ज नविन खड्का राष्ट्रिय जागरण मन्च गणेश थापाले दलित समुदायको लागि आफुहरु  जहिले पनि लाग्नुपर्नेमा जोड दिनुभएको थियो भेलाले मनु नेपालीको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजक समितिको गठन गरेको छ । 
जसको सदस्यमा हिम ब विक , केशब नेपाली शान्ता नेपाली विष्णु नेपाली तुलशा नेपाली प्रेम नेपाली सुरज नेपाली ईन्द्र नेपाली विष्णु नेपाली राम ब नेपाली रहेको जिल्ला आयोजक समिति गठन गरेको हो कार्यक्रम मोर्चाका संयोेजक मनु नेपालीको अध्यक्षता सदस्य अयान विकको सञ्चालन सदस्य बाबुराम नेपाली स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला सघ अर्घाखाँची संयोजक किरण मसाङ्गी लगायतको आतिथ्यता रहेको  थियो ।