अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खनदहमा मालारानी गाउँपालिका कार्यालयकाे नवनिर्मित सभाहलको नव नियुक्त उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्नुभएकाे छ ।
खनदहमा सभाहल उद्घाटन कार्यक्रममा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सभा सदस्यहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।