अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा संघीय सरकारकाे सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गतकाे चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नव नियुक्त उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले संघीय सरकारकाे सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गतकाे २ कराेड ७४ लाख ५० हजारकाे चेक मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्यलाई हस्तान्तरण गर्नु भएको हो ।
योसँगै मालारानी गाउँपालिकाका ५ सय ४९ घरधुरी याे कार्यक्रमबाट लाभान्वित हुने भएका छन् ।
कार्यक्रममा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सभा सदस्यहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।