कुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुरका ९० बर्षदेखि बेपत्ता भएका झविलाल भुसालको हिन्दु परम्परा अनुसार मानव आकृतिको पुत्लो बनाई दाह संस्कार गरिएको छ ।
कुरका ९० बर्ष अघि १७ वर्षको उमेरमा बेपत्ता भएका रबिलाल भनेर चिनिने झविलाल भुसालको बुधवार हिन्दु परम्परा अनुसार कुशको प्रतिमा बनाई गच्छे घाटमा दाह संस्कार गरिएको हो ।
साबिक किमडँडा पन्चायत, कुर निबासी खगिश्वर पण्डितका ४ भाई छोराहरु चेतनारायण, प्रेमनारायन चिरिन्जिवी र लक्ष्मीनारायन मध्ये कान्छा लक्ष्मीनारायण बुढाघरे भनेर चिनिनुहुन्थ्यो । वहाँका दुई श्रीमती मध्ये जेठी तर्फका रबिलाल, भेशदत्त, इन्द्रमणी, दिनामणी, अनन्तराम र कान्छी तर्फका कुलानन्द र परमानन्द गरि ७ भाई छोराहरु हुनुहुन्थ्यो । वहाँहरु मध्ये जेठी पट्टीका जेठा रबिलाल आज भन्दा ९० वर्ष अघि १७ वर्षको उमेरमा बेपत्ता हुनुभएको थियो । साथै जेठी पट्टीका कान्छा अनन्तराम पनि युवा अवस्थामै बेपत्ता हुनुभएको र वहाँकी श्रीमती हाम्री श्रद्देय कान्छी हजुरआमा वहाँको स्मरणमा आजीवन प्रतीक्षा गर्दै घरै रहनुभएको थियो र २ महिना अघि वहाँको निधन भएको थियो । त्यति बेलै कान्छा लक्ष्मीनारायण बुढाघरेको पनि कुशको प्रतिमा बनाई संगै सदगद गरिएको थियो ।
आज नयाँ वर्ष २०७८ बैशाख १ गते को शुभ दिनमा भेशदत्त, इन्द्रमणी र दिनामणीका छोराहरु सहित हामी कुरेली भुसाल दाजु-भाईहरुले बेपत्ता भएका श्रद्देय जेठाहजुरबुवाको कुशको प्रतिमा बनाई बिधिपूर्वक गच्छे घाटमा दाह संस्कार छ ।
९० बर्षदेखि हराई बेपत्ता भएका झविलालको दाह संस्कारसँगै कुरेली भुसाल दाजु-भाईमा पुनर्मिलन हुनुका साथै आफ्ना पितृहरु प्रती श्रद्दाभाव उत्पन्न गरेको छ । साथै बेपत्ता हुनुभएका दिनामणी काईंलाबाका कान्छा छोरा नारायण भुसालको खोजी गर्न र पल्लाबारीका हरिप्रसाद भुसाल लगायत सबै श्रेद्देय अभिभावकहरुलाई सकुशल पत्ता लगाउने आशा मारेर यसै गरि अन्तिम संस्कार गरि सम्झन प्रेरणा प्राप्त भएको छ ।