भुमिकास्थान नगरपालिकामा सामाजिक सुरक्षा दर्ता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

विनाेद गैरे
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर संचालनका लागि विवरण संकलकहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
अभिमुखिकरण कार्यक्रममा भुमिकास्थान नगरपालिका भित्र विवरण संकलन गर्ने ९ जना विवरण संकलकहरुकाे सहभागी रहेकाे थियाे । 
कार्यक्रममा भुमिकास्थान नगरपालिकाका नगर उप प्रमुख तथा कार्यक्रम अध्यक्ष खडानन्द बेल्वासेले नयाँ वर्षकाे शुभकामना संगै याे अभियान सफल पार्न गणककाे विशेष भुमिका रहने हुँदा जनताले प्रतक्ष अनुभूति गर्ने खालकाे चुष्त दुरुस्त सेवा प्रदान गर्दै नगरकाे गरिमा उचाे राख्दै प्रभावकारि ढंगले विवरण संकलन गर्न निर्देसन दिनुभएकाे थियाे । 
कार्यक्रममा भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला बहादुर राउत क्षेत्रिले नयाँ वर्षकाे शुभकामना सहित विवरण संकलकहरुलाई अनुशासित मर्यादित र जनमुखि ढंङ्गले अभियान सफल पार्न कटिबद्ध भएर लाग्न अाग्रह गर्नु भएको थियाे । 
नेपाल पत्रकार महासंघका सचिव विनाेद गैरेले शुवेच्छा तथा शुभकामना मन्तव्य, एम. अाई. एस. अपरेटर शिब बहादुर पुन र कविता बेल्वासेकाे सहजिकरण र र भुमिकास्थान नगरपालिकाका नायव सुब्बा शेषकान्त घिमिरे अाेशनकाे संचालनमा सम्पन्न भएकाे थियाे ।