सुपा देउरालीमा नयाँ वर्ष २०७८ को अवसरमा घुईचो, तिर्थालुहरु यसो भन्छन् (भिडियो, फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
सुपा देउराली, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नयाँ वर्ष विक्रम संवत् २०७८ सालको भव्य स्वागत गरिएको छ ।
जिल्लाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सुपा देउराली मन्दिरमा आज नव बर्ष २०७८ को उपलक्ष्यमा पुजा आजा गर्न गएका धार्मिक तिर्थालुहरुको घुईचो लागेको छ ।
 
बैशाखे संक्रान्ती एवम नव बर्षको उपलक्ष्यमा यस वर्ष पनि जिल्ला र जिल्ला बाहिरबाट सयौ तिर्थालुहरु आएका देखिन्थे।