अर्घाखाँचीमा विप्लब नेकपाको निकट अखिल क्रान्तिकारीको २८ औं जिल्ला सम्मेलन शुरु

अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची २ बैशाख ( अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिस्ट पार्टी पाल्पाका  जिल्ला इन्चार्ज तथा अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय  अध्यक्ष पुर्ण बहादुर सिहले वर्तमान व्यबस्था रहेर सम्म विद्यार्थीहरु बेरोजगारको शिकार हुने बताउनुभएको छ ।  विप्लब नेतृतवको नेपाल कम्युनिस्ट पार्टीको मातृ सगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको २८ औं जिल्ला सम्मेलनलाई बुधबार सम्वोधन गदै अध्यक्ष सिहले यस्तो बताउनुभएको हो । 
सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गदै सिहले बर्तमान शिक्षा प्रणालीका कारण युवाहरुमा बेरोजगारी भई दुब्यसनी लागुऔषधको शिकार बन्न बाध्य भएको भन्दै  सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष  गर्न अपिल गदै अहिलेको  शिक्षालाई उत्पादन प्रणालीसंग जोडेर आत्मनिर्भर बनाउनका लागि आग्रह गदै असमान शिक्षा प्रणालीबाट प्रतिस्पर्धा गर्न नसकिने बताउदै युवा विद्यार्थीहरुलाई एकीकृत जनक्रान्तिमा समाहित गराउँदै व्यक्ति, समाज र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने तर्फ आफूहरु लागिरहेको बताएका थिए । 
एक फरक प्रँसगमा कुरा गदै नेता सिहले आफ्नो पार्टी र बर्तमान सरकार बीच ३ बुदे सहमतिलाई उल्टाउदै केही राजनितिक दलले गलत प्रचार गरेको भन्दै क्रान्ति छोडेर आफुहरु सरकारमा नजाने बताउदै जनताले अबको चुनाब पार्टी व्यक्ति छनोट गर्ने नभई व्यबस्था छनोटका लागि अघिकार पाउनु पर्ने बताउनुभएको थियो । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकले शिक्षा बैज्ञानिक व्यहाहिक हुनुपर्नेमा जोड दिदै व्यहाहिक शिक्षा नै अहिलेको आबश्यकता रहेको बताउनुभएको थियो ।  कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले वैज्ञानिक समाजवादी शिक्षाले मात्र विद्यार्थीहरुको समस्या समाधान गर्ने बताए ।  
कार्यक्रममा नेकपा अर्घाखाँचीका  जिल्ला सचिव माहुरीले विगतको सन्दर्भमा नेकपाको तर्फबाट भएका घटनाहरू जनतामाथि अन्याय र दमन गरिएको कारणले जनताहरुले प्रतिरोध गरेको बताए । सम्मेलनले बाबुराम नेपालीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेकोे छ । जसको उपाध्यक्षमा पदम नेपाली सचिबमा गिरिजा खड्का सहसचिबमा प्रेम विक कोषाध्यक्षमा सुनिल नेपाली रहेको २१ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । 
नबगठित समितिलाई सगठनका पुर्व अध्यक्ष नविन खड्का शिक्षक सगठनका अध्यक्ष लक्ष्मण बली जिल्ला सल्लाहाकार टामलाल बस्याल जनपत्रकार सगठनका केन्द्रिय सदस्य अनिल नेपाली ले लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । 
सम्मेलन को पुर्व सन्ध्यामा भक्तिटोला बाट ¥याली निकाली बजारका मुख्य चोकमा परिक्रममा गरी सभाहलमा आएर सभामा परिणत भएको थियो ।