जुकेनाको शिवादह माविमा ६१ औं वार्षिक उत्सव सम्पन्न

विक्रम आचार्य

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनामा रहेको शिवादह माध्यमिक विद्यालयले आफ्नो ६१ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।
विद्यालयले ६१ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिएका छ्न ।
वार्षिक उत्सवको उद्घाटन गर्दै प्रमुख अतिथी एवं शितगंगा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रिषी रेश्मीले शिवादह माविले शैक्षिक विकास र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनु बताउनु भयो । विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा विद्यालयमा पढाई सँगसँगै अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अधिकांश शैक्षिक क्षेत्रका अगुवाहरुले एक सबल विद्यालयको रुपमा विकास गर्न विद्यालय परिवारसँग आग्रह गरेका छ्न ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रअ गिरी बहादुर थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै सोही कार्यक्रममा गत वर्षका उत्कृष्ट विद्यार्थीहरु लाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा वडाका जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी, स्थानिय समाजसेवी, बुद्धिजिवी, शिक्षा प्रेमी, सुरक्षाकर्मी, पत्रकार लगाएत अभिभावकहरुको उपस्थित रहेको थियो ।
निवर्तमान अध्यक्ष सागर परियारको अध्यक्षता संचालन भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक अम्मर शाहीले राख्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक बेदराज बेल्बासेले गर्नु भएको थियो ।

अन्य समाचारहरु