हो मैले साच्चिकै घर पाएकी छु (कविता)

के दशै आएझै भा छ र ? (कविता)
निरु आचार्य” नवरश्मी”
अर्घाखाँची, हाल – काठमाण्डु
 जब म बिहे गरेर जन्मघर छोडी पराई घर भित्रीए
मनमा अनेक कौतुहलताले बास गरिरहेको थियो
अनेकौं जिज्ञासा मनमा छचल्किरहेका थिए 
आमा हजुरआमाहरुले भन्ने गरेको सुन्थे ..घर भनेको घर नै हो ,
 
हो मेरापनि मनमा विभिन्न प्रश्नहरुले डुबुल्की  मारिरहेका थिए
के मैले चार बजे राती उठेर दैलो पोत्नुपर्छ त ?
के मैले झिसमिसेमै ढिकिजातो गर्नु पर्छ त ?
गोबरसोत्तर ,घास दाउरा सबै आफै गर्नुपर्छ त ?
खाना पकाएर भाडा सबै आफै धुनुपर्छ त?
तर यि प्रश्नहरुको बिपरित एक स्वर्ग जस्तो घर पाएकि छु 
छोरि नभएको घरमा भित्रीएकि म साच्चिकै छोरि सरहको व्यबहार पाएकि छु 
आफ्नी हजुरआमाको मुख त के फोटाेसम्म देख्न नपाएकि म
साच्चिकै हजुरआमाको माया  झल्काइदिने बुढी सासुआमा पाएकि छु 
जन्मघर छोडि पराइ घर आएपनि आमाले झै माया गर्ने सासुआमा पाएकि छु 
हरेक दुख अपठ्याराहरुमा साथ ,सपोट दिने बुबाजस्तै ससुराबुबा पाएकि छु 
दिनमा एकपटक फोनमा नबोलि बस्न नसक्ने अपार माया पाएकि छु
म बिरामि परेर रातदिन छट्पटिदा मेरो लागि जे पनि गर्न तयार हुने 
रातभर अनिदो बसि मेरो सु स्वास्थको लागि खटिरहने एक महान जिवनसाथि पाएकि छु ,
मलाई गाह्रो भएर म रुदा म सङ्गै बसेर रुने 
म बिरामि भएर खाना खान नसक्दा आफुपनि अघाएको महसुस गरि भोकै सुत्न तयार हुने श्रीमान पाएकि छु 
बर्सौसम्म बुबाआमालाई भेट्न नपाउदा पनि कैले बुबा बनेर त कैले आमा बनेर बुबाआमाको न्यास्रो मेटाइदिने ,
मेरो खुशीको लागि ,सफलताको लागि सङै प्रगतिको लागि हरकदम अघि बढ्ने एक असल अभिभावक पाएकि छु ,
घरमा दाइको अभाव हुदा दाइको माया , ममता , प्रेरणा  ,साथ एस्तो हुन्छ भनेर गर्व गर्न लाएक जेठाजु दाइ  पाएकि छु 
हरेक दुख सुखमा साथ दिने ,
सहि गतल छुट्टाइ असल सम्बन्धको डाेरि कस्न सिकाउने ,
केहि गर्नुपर्छ भनि  सदा हौसला दिने ,सधै सकारात्मक प्रेरणा दिने , दिदोको न्यास्रो मेटाइदिने जेठानि दिदि पाएकि छु ,
हो आमा मैले साच्चिकै घर पाएकि छु ।