अर्घाखाँचीडट्कम संवाददाता
कलकत्ता, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका एक युवाको भारतको कलकत्तामा हृदयघातका कारण निधन भएको छ ।
रामप्रसाद बन्जाडेले डट्कमलाई दिएको जानकारी अनुसार अर्घाको मसनडाँडाका खुमान सिंह विकका ३७ वर्षिय माईला छोरा फर्सुराम पवन विकको अचानक गत चैत्र ३१ गते मंगलवार कलकत्तामा हृदयघातका कारण निधन भएको हो ।
दसैंदेखि दिल्लीको नोएडामा रहेका विक पछिल्लो ५ महिनादेखि कलकत्ताको एक सिसा कम्पनी कार्यरत थिए । विकका श्रीमती र २ छोरी नेपालमा रहेका छन् ।
साथै विकको नेपालीबासीको सहयोगमा दाह संस्कार गरिएको छ ।