अर्घाखाँचीमा विप्लब नेकपाको निकट अखिल क्रान्तिकारीको २८ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षतामा बाबुराम नेपाली

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विप्लब नेतृतवको नेपाल कम्युनिष्ट पार्टीको भाातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको २८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । 
सम्मेलनले बाबुराम नेपालीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेकोे छ । जसको उपाध्यक्षमा पदम नेपाली, सचिबमा गिरिजा खड्का, सहसचिबमा प्रेम विक र कोषाध्यक्षमा सुनिल नेपाली सहित सबै सदस्यहरु निर्विरोध रुपमा चयन छन ।
यसअघि सम्मेलनको उद्घाटन गर्दे नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्ला ईन्चार्ज तथा अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले अहिलेको व्यवस्था रहेसम्म विद्यार्थीहरु बेरोजगारको शिकार हुने भन्दै बर्तमान शिक्षा प्रणालीका कारण युवाहरु बेरोजगारी भई दुब्र्यसनी ,लागुऔषध जस्ता कुलतमा फस्न बाध्य भएको बताउनु भयो । सिंहले सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष गर्न अपिल समेत गर्नुभएको थियो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विक नेकपा अर्घाखाँचीका जिल्ला सचिव माहुरी, अखिल (क्रान्तिकारी) अर्घाखाँचीका पुर्व अध्यक्ष नविन खड्का, शिक्षक संगठनका जिल्ला अध्यक्ष लक्ष्मण बली, जिल्ला सल्लाहाकार टामलाल बस्याल, जनपत्रकार संगठनका केन्द्रिय सदस्य अनिल नेपाली लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । सम्मेलनको पुर्व सन्ध्यामा चुत्राबेसीको भक्तिटोल चोकबाट बिद्यार्थीहरुको ¥यालीले बजारका मुख्य चोकमा परिक्रमा समेत गरेको थियो ।