पाणिनी – काठमाडौं सम्पर्क मन्चको भेला हुँदै, घिमिरे र कोईराला राजधानीमा

डिआरजी सुमन 
काठमाडौं (अर्घाखाँची डटकम् व्युरो रिपोर्ट) । अर्घाखाची देखि काठमाण्डौमा विभिन्न पेशा व्यवसाय गर्दै आएका नेकपा एमाले पार्टीको सङ्गठनमा आवद्व पाणिनि गाउपालिकाका सम्पुर्ण नेता तथा कार्यकर्ताको भेलालाई लक्षित गर्दै लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरे,नेकपा एमाले नेता जीवनारायण कोईराला सुक्रवार साँझ नै काठमाण्डू पुगी सकेका छन । 
पाणिनी गाँउ पालिका स्थित मनिराम अधिकारी,भविन्द्र घिमिरे,हेमन्त घिमिरे,कुलचन्द्र न्यौपाने,शेषनारायण पोख्रेल,रामप्रसाद पोखरेल,जयराम पोखरेल,
विष्णु पौडेल,राजेश घिमिरे,नरहरि घिमिरे,हरि नेपाली,सुन्दर पराजुलि,केशवराज पौडेल,वालकृष्ण घिमिरे कार्यक्रम को तयारी मा जुटेको संयोजक मनिराम अधिकारीले जानकारी गराउनु भएको छ ।
अर्घाखाची काठमाण्डौ पाणिनि सम्पर्क मन्च को भेला तथा गतिविधिले भुगोलको राजनितिमा विषेश महत्व राख्ने हुदा भेलाले नया पालिका कमिटि गठन गर्ने र नेकपा एमालेको सङ्गठन मजवुत वनाउने वताउदै पछिल्लो राजनितिक घटनाक्रममा नेकपा एमाले पार्टिको आधिकारिक कार्यक्रम यहि नै हुने युवा सङ्घ केन्दिय सचिवालय सदस्य तथा पालिका सचिव भविन्द्र घिमिरेले वताउनु भएको छ ।  
अर्घाखाची काठमाण्डौ पाणिनि गाउपालिका सम्पर्क मन्च नेकपा एमालेको भोली सनिवार काठमाण्डू को वागवजार होटल हार्दिक मा दिउसो ०१ हुने भएको छ । – तस्वीर डिआरजी सुमनअर्घाखाँची डटकम् । 

अन्य समाचारहरु