खनदहमा चट्याङ लागेर एक जना बालकको ज्यान गयो


लक्ष्मण घिमिरे 

अर्घाखाँची । अर्घाखाँचीमा असिना र हावाहुरीसंगै आएको चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ ।
 मालारानी गाउँपालिका वडा नम्बर–३, खनदहका भरत चौहानका नौ वर्षिय छोरा सौरभ चौहानको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी सुजन शाहले बताए ।
आँगनमा असिनासंग रमाईरहेका बालकलाई एक्कासी चट्याङले हानेपछी उनी ढलेको र अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको वडा नम्बर–३ का वडा अध्यक्ष शेभाखर खनालले जानकारी दिए ।