सन्धिखर्कमा अपाङ्ग भएका बालबालिकाहरुलाई सहायता सामग्रीहरु  वितरण


अशोक खनाल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अपाङ्ग भएका बालबालिकाहरुलाइ साहायता सामग्री हरु   एक कार्यक्रम बिच बितरण गरिएको छ।
         
जिल्ला समन्वय समितिका उपप्रमुख ऋिषि बहादुर पुलामिको प्रमुख आतिथ्यता मा बितरित साहायत सामाग्री कार्यक्रम मा अर्घाखाँची अस्पताल का प्रमुख डा । कपिल गौतम ,अपाङ्ग बाल अस्पताल पुनःस्थापन परियोजना  केन्द्रका सुपरभाइजर  राजेन्द्र आचार्य पत्रकार महासंघ का जिल्ला अध्यक्ष अशोक खनाल पत्रकार सागर महत लगाएत का अथिती हरुको आतिथ्यता रहेको थियोे ।
     
 उक्त  कार्यक्रम मा अपाङ्गता भएका बालबालिका हरु लाई जुत्ता लगाएतका साहायता सामाग्री बितरण गरिएको थियोे ।
     
अपाङ्ग बाल अस्पताल पुनःस्थापन केन्द्र सदन परियोजना अर्घाखाँची को आयोजना र क्ब्म सस्थाको साझेदारी मा सम्पन्न कार्यक्रम को  अध्यक्षता सन्धिखर्क नगरपालिका का नगर  उपप्रमुख ठाकुर कुमार बिक ( किशोर ) र संचालन परियोजना का जिल्ला संयोजक सुमन ढुङ्गाना ले गर्नु भएको थियोे ।