डिआरजी सुमन
काठमाण्डौ (अर्घाखाँचीडट्कम/ व्युरो रिपोर्ट)। नेपाल कम्युनिस्ट पार्टी एमाले निकट “अर्घाखाची काठमाण्डौ पाणिनि गाउपालिका सम्पर्कमन्चको भेला काठमाण्डूमा सम्पन्न भएको छ ।
अर्घाखाचीको पाणिनी गाँउ पालिका देखी काठमाण्डौमा विभिन्न पेशा व्यवसाय गर्दैआएका नेकपा एमाले पार्टीको सङ्गठनमा आवद्व पाणिनि गाउपालिकाका सम्पुर्ण नेता तथा कार्यकर्ताको भेलालाई लक्षित गर्दै लुम्बिनीप्रदेश सांसद रामजी प्रसाद घिमिरे,नेकपा एमाले नेता जीवनारायण कोईरालाको उपस्थिती रहेको थियो ।
अर्घाखाची काठमाण्डौ पाणिनि गाउपालिका सम्पर्क मन्च का अध्यक्ष मनिराम अधिकारीको अध्यक्षता पार्टी का विभिन्न तहकानेताहरुको आथित्यता, पत्रकार, पार्टी सदस्य हरुको उपस्थिती रहेको कार्यक्रम मन्चका सचिव भविन्द्र घिमिरे को संचालनमा सम्पन्नभएको छ ।
आजको भेलाले नरहरि घिमिरे संयोजकत्वमा २१ सदस्यीय नयाँ समितीको चयन गरिएको छ ।
काठमाण्डौमा सम्पन्न भेलामा नेकपा एमाले नेता जीवनारायण कोईराला, लुम्बिनी प्रदेश कमिटी सदस्य थानेश्वर वस्याल, भोज वहादुर साह, विष्णु आचार्य, जयरामपोखरेल, सांसद रामजी प्रसाद घिमिरेको मन्तव्य रहेको थियो ।
– तस्वीर डिआरजी सुमनअर्घाखाँची डटकम्