अर्घाखाँचीका एक युवाको भारतको गुडगाउँमा कोरोना संक्रमणका कारण मृत्‍यु


अर्घाखाँचीडट्कम संवाददाता
गुडगाउँ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर  ३ धारापानीको बादखर्कका एक युवाको भारतको  गुडगाउँमा कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । 
रामप्रसाद बन्जाडेले डट्कमलाई दिएको जानकारी अनुसार धारापानीको बादखर्कका टामसोर भुसालका ४० वर्षका छोरा हुमप्रसाद भुसालको भारतको  गुडगाउँमा कोरोना संक्रमणका कारण आज आईतबार मृत्‍यु भएको हो । 
स्थानिय अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । 
भुसाल गुडगाउँमा लामो समयदेखि घरेलु काम गर्दै आएका थिए ।  
उनको दाह संस्कार गरिएको छ ।