खनमा ओली एमालेका जनसंगठनहरूकाे संयुक्त भेला सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जनसंगठनहरूकाे संयुक्त भेला सम्पन्न भएकाे छ ।
भेलामा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा मालारानी गाउँपालिका कमिटी अध्यक्ष शालिकराम आचार्यकाे प्रमुख आतिथ्य, जिल्ला कमिटी सचिवालय सदस्य/ मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, सचिवालय सदस्य तथा गाउँपालिका उपाध्यक्ष  प्रमिला क्षेत्री, जिल्ला सचिवालय सदस्य  लिल बहादुर बि.क., पार्टी जिल्ला सचिवालय सदस्य/ अनेमसंघ केन्द्रीय सदस्य/ जिल्ला अध्यक्ष  विष्णुमाया आचार्य, पार्टी जिल्ला सचिवालय सदस्य/अखिल नेपाल किसान महासंघ जिल्ला सचिव  ठाकुर प्रसाद खनाल, पार्टी जिल्ला सचिवालय सदस्य/ मालारानी ४ का ईन्चार्ज  गंगाराम खनाल, सहईन्चार्ज  विष्णुप्रसाद पाेख्रेल, पार्टी जिल्ला कमिटी सदस्य /अखिल नेपाल किसान महासंघका जिल्ला सदस्य ईन्द्रमणि खनाल, पार्टी जिल्ला अधिबेशन आयाेजक कमिटी सदस्यहरू  ऋषिराम पाेख्रेल,  अमरा आचार्य,  पार्वता पाेख्रेल,  बलाराम भुसाल  सरस्वती खनाल,  सुमित्रा बि.क.,  राधा खनाल, रामजी प्रसाद शर्मा,  दुर्गा बहादुर वि. क., अनेरास्ववियु केन्द्रीय सदस्य  सुर्य पाेख्रेल,  जेष्ठ कम्युनिष्ट मंचका जिल्ला सदस्य  ढुण्डीराम पाेख्रेल, मुक्ति समाज पालिका कमिटी अध्यक्ष  सुन्दर बि.क., युवा संघ नेपाल पालिका कमिटी उपाध्यक्ष  वसन्त चाैहान लगायतकाे आतिथ्य रहेकाे थियाे ।  
भेलाले  सीता पाेख्रेलकाे अध्यक्षतामा ७५ सदस्यीय अखिल नेपाल महिला संघ वार्ड कमिटी गठन भएकाे छ । जसकाे उपाध्यक्षमा  बिमला खनाल, सचिवमा  मञ्जु खनाल गैरे, सह सचिव  प्रतिभा खनाल, काेषाध्यक्षमा  कमला बि.क. रहनुभएकाे छ ।  कृष्णप्रसाद खनालकाे अध्यक्षता ४७ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन भएकाे छ, जसकाे उपाध्यक्षमा  प्रेम खड्का, सचिवमा  राहुल पाेख्रेल, सहसचिव  विष्णु खनाल, काेषाध्यक्षमा  यदुनाथ खनाल रहनुभएकाे छ ।  खुम बहादुर बि.क.काे अध्यक्षता ५१ सदस्यीय नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटी गठन गरिएको छ, जसकाे उपाध्यक्षमा सीता वि.क. सचिवमा  मुमा वि.क., सहसचिवमा  रामु नेपाली, काेषाध्यक्षमा  सुमित्रा बि.क., र   बिष्णु प्रसाद रिजालकाे अध्यक्षतामा ६१ सदस्यीय अखिल नेपाल किसान महासंघ वडा कमिटी गठन गरिएकाे छ । 
जसकाे उपाध्यक्षमा  पेमनारायण खनाल, सचिवमा  घनश्याम खनाल, सहसचिव  ईश्वरीप्रसाद खनाल, काेषाध्यक्षमा  हुमकला खनाल रहनुभएकाे छ । भेलामा नेपाली कांग्रेस परित्याग गरि बालकृष्ण खनाल (साबिक खन ५), तुल्सीराम रिजाल, सपना रिजाल, शुसिला पाेख्रेल, सुनिता खड्का, पुर्णिामा खड्का  ( साविक खन ९), दिपक बि.क., कमला बि.क., (साविक खन ६), साबित्रा वि.क. ( साविक खन ४), माया बि.क. र सीता बि.क. ( साविक खन ३ ) गरि ११ जना नेकपा (एमाले)मा प्रवेश गर्नुभएकाे छ । 
प्रमुख अतिथि  शालिकराम आचार्यले अविर लगाएर पार्टी प्रवेश गराउनुभयाे । भेलाकाे अध्यक्षता पार्टी जिल्ला अधिबेशन आयाेजक कमिटी सदस्य / वडा कमिटी अध्यक्ष खिमानन्द खनाल, जिल्ला आयाेजक कमिटी सदस्य/ वडा कमिटी सचिव  भबिश्वर पाेख्रेलकाे संचालन, जिल्ला आयाेजक कमिटी सदस्य/ वडा सचिवालय सदस्य वलाराम भुसालले स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएकाे छ ।