अड्गुरी स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न


माधव बेल्वासे 
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वार्ड नम्बर ७ अड्गुरीमा रहेको अड्गुरी स्वास्थ्य चौकीको  शुक्रबार एक समारोहका विच सामाजिक परिक्षण सम्पन्न गरिएको छ ।
स्वास्थ्य चौकि ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा न.७का वडाध्यक्ष गुनाखर अधिकारिको अध्यक्षतामा आयोजित भेलामा पाणिनि गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे ,कार्यपालिका सदस्य टोपकलि कब्दार वडा सदस्य पदम महत्रा , गाँउपालिका स्वास्थ्य शाखाका रामप्रसाद घिमिरे , स्थानिय विद्यालयका प्रधानाध्यापकहरु , स्थानिय राजनैतिक दलका प्रतिनिधि ,बुद्धिजिवि,महिला स्वास्थ्य स्यमसेविकाहरु तथा सरोकारवालाहरुको उपस्थितिमा आयोजित भेला पाणिनि गाँउपालिकाको आर्थिक सहयोग र लुम्बिनी सामाजिक विकाश केन्द्रको सहजिकरणमा सम्पन्न भएको हो ।
भेलामा उपस्थित अधिकांशले स्वास्य चौकिबाट प्रदान गरिने सेवाको स्तरियता र औषधि उपलब्धताको विषयमा जिज्ञासा राखेका थिए । स्वास्थ्य चौकिमा विगत ४ वर्ष देखि रित्त कार्यालय सहयोगि नहुदा सेवा प्रवाहमा परेको असर , भौगोलिक विषमताका विच प्राप्त सेवा प्रयाप्त नभएको बारेमा पनि आम सेवाग्रहिको गुनासो रहेको थियो ।
स्वास्थ्य चौकि ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा न.७का वडाध्यक्ष गुनाखर अधिकारिले समसामयिक विषयमा उठेका प्रश्नहरुको जवाफ दिदै स्वास्थचौकिको कमजोरी वा अन्य कुनै गुनासो भए हार्दिकताका साथ राख्न अनुरोध गर्दै ब्यावस्थापकिय विषयमा भएका कमजोरिहरु छिट्टै समाधान हुने आशा राख्नुभएको हो । कार्यालय सहयोगि नियुत्तितिर लक्षित गर्दै उहाँले यो हामि सबैको लागि दुखको विषय भएको बताउनु भएको थियो । स्वास्थ्य चौकि ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका अधिकारिले स्वास्थ्य चौकिसम्म जाने सडकको स्तर वृद्धि र विद्यालयले प्राप्त गर्न नसकेको न्युनतम प्राथमिक उपचारका सामग्री तथा औषधिहरु प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यसका लागि आगामि वर्ष दुवै गुनासो नआउने गरि समाधान गर्न पहल गर्ने बताउनुभएको छ ।
सेवाग्राहिबाट प्राप्त जिज्ञासाहरुको जवाफ दिदै स्वास्थ्य चौकि प्रमुख पुनाराम भुषालले कार्यालय सहयोगिको अभावमा आफुहरुसँग भएको जनशत्तिको अधिकतम उपयोग गर्न नसकेको वताउनुभएको थियो । प्राप्त औषधिहरु प्रयाप्त हुन नसकेको भन्दै भुषालले म्याद गुज्रन थोरै समय वाँकि रहेका औषधि र कम प्रयोगमा आउने औषधिहरु धेरै मात्रामा आउने गरेकोले सेवाग्राहिको अपेक्षा अनुसार सेवा दिन नसक्दा आफुहरुपनि सन्तुष्ट हुन नसकेको बताउँनु भएको थियो ।
 
गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले स्थानिय तहबाट खरिद हुने औषधिहरु कम्तिमा ७० प्रतिशत भन्दा कम म्याद भएका औषधि खरिद नहुने तर जिल्ला र प्रदेशबाट आउने औषधिमा यसप्रकारको समस्या रहेको हुन सक्ने भएपनि सेवाग्राहिलाई यसको मारमा पर्न नदिने बताउनुभएको थियो । छिट्टै वडा न. ८ पालिमा वर्थिङ सेन्टरको पुन शुरुवात हुने आशा दिलाउनु हुदै सेवा प्रवाहको गुणस्तरियतामा सुधार हुने आशा दिलाउनु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य चौकिका अनमि विष्णु घिमिरे, भुषाल तथा दिपक घिमिरे , ब्यवस्थापन समितिका पदादिकारिहरु समेतको उपस्थिति रहेको भेलामा लुम्बिनी सामाजिक विकास केन्द्रका सामाजिक परिक्षक हरि प्रसाद पौडेलले कार्यक्रमको सहजिकरण गर्दै सेवाग्राहिबाट आएका गुनासाहरुको टिपोट गर्दै जवाफ दिन आग्रह गर्नुभएको थियो ।  भेलाको संचालन स्वास्थ्य चौकि प्रमुख पुनाराम भुषालले गर्नुभएको थियो ।

अन्य समाचारहरु