अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल पाराभेटेरीनरी एन्ड लाइभस्ट्क एसोसिएसन अर्घाखाँचीको १० औ अधिबेशन आज एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ ।
सम्मेलनको केन्द्रिय अध्यक्ष राम प्रसाद नेहताले उद्घाटन गर्नुभएको थियो । सम्मेलनको उद्घाटन गदै अध्यक्ष नेहताले किसानको लागि आयआर्जन व्यबसायिक सुनिरिचता भएमा मात्र आफुहरुको पेशा सुरक्षित हुने बताउदै किसानका समस्यालाई तदरुकताका साथ लैजानका लागि सबै लाग्नुपर्ने बताउदै किसानलाई परेका समस्यालाई निराकरण गर्नको लागि उपचाराताम पदतिमा सुधार ल्याउनुको विकल्प नरहेको बताउनुभएको थियो ।
कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष लोकराज भुसालले कृषकको जीवनलाई बदल्न सकेमा मात्र आफुहरुको पेशा बलियो हुने बताउदै सबै सुढुणीकरणको लागि लाग्नुपर्ने बताउनुभएको थियो कार्यक्रममा सस्थाका केन्द्रिय उपाध्यक्ष टेक बहादुर नेपाली केन्द्रिय सदस्य नारायण भट्टाराई महाधिबेशन प्रतिनिधि हुमाकान्त पाण्डे कपिलबस्तु अध्यक्ष परमेश्वर पाण्डे ,पुर्ब अध्यक्ष खेम बहादुर टण्डन महाधिबेशन प्रतिनिधि नरेन्द्र पौडेल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै पेशालाई सुरक्षित बनाउनको लागि सबै लाग्नुपर्ने बताएका थिए । सम्मेलनले योगेन्द्र मरासिनीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा तिलका भुसाल जिसी सचिबमा दिपक खनाल कोषाध्यक्षमा कृष्ण घिमिरे सहसचिब मा खुमराज बन्जाडे सदस्यमा यमुना थापा , रुकमागत भट्टाराई पार्बता अघिकारी भोजराज चुदाली विष्णु प्रसाद भुसाल ४ जना केन्द्रिय प्रतिनिधि चयन गरेको छ । सम्मेलन संस्थाका अध्यक्ष योगेन्द्र मरासिनीको अध्यक्षता उमानाथ पन्थीको सञ्चालन कोषाध्यक्ष कृष्ण घिमिरेको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
नबनिर्बाचित अध्यक्ष मरासिनीले आफुहरु पारा भेटेनरीको विकासको लागि क्रियाशिल भएर लाग्ने बताउनुभएको थियो