बल्कोटको श्री महेन्द्र बिद्याबोध मावीमा उपभोक्ता हक हित सम्बन्धी कार्यक्रम सम्पन्न


अस्लम अलि
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ बल्कोटमा रहेको श्री महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाई  घरेलु तथा सान उद्योग अर्घाखाँचीले  उपभोक्त हक हित सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
घरेलु तथा साना उद्योग अर्घाखाँचीका प्रमुख केशव सुनार, अनिता सुनार सदस्यले उपभोक्ताले उपभोग गर्ने बस्तु सम्बन्धि जानकारी दिएका थिए।
अध्यक्ष अनुस्का खनाल, उपाध्यक्ष मेघबहादुर कुमाल, कोषाध्यक्ष अनुजा लामिछाने, सचिब सुस्मा कुम्भकर , सदस्य सन्दीप पान्डे लगायत १५ जना बिद्यालय इस्तरिय क्लब गठन गरिएको छ।
उक्त समिति लाई समाजमा उपभोक्तले उपभोग गर्ने बस्तु हरुको बारे म्याद गुज्रिएको बस्तु हरु, अखाद्य बस्तु हरुको प्रयोग न गर्ने, बस्तु हरुको कसरी उपभोग गर्न सकिने, अखाद्य म्याद गुज्रिएको उपभोग गर्न, अनुपयुक्त कालो बजारी बढी रकम लिने ब्यवसाय लाइ कसरी कानूनी दायर ल्याउने, असिक्षित समाजमा रहेका नागरिक लाई उपभोक्त हकहित सम्बन्धि शिक्षा दिन जानकारी दिने जस्ता कार्य गर्ने छ।
उक्त क्लब लाई घरेलु तथा साना उद्योग अर्घाखाँचीका प्रमुखले सन्धिखर्कमा तालिम दिइने समेत जानकारि गराउनु भएको छ।

अन्य समाचारहरु