अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीको वरपोखरामा २ महिने सिलाई कटाई सीप विकास तालिम शुरु भएको छ ।
पालीको वरपोखरामा पाणिनी गाउँपालिकाको आर्थिक सहयोगमा र कृस्ट्ल एण्ड कृस्टिना ईन्टरनेस्नल नेपाल संस्थाको आयोजनामा मंगलवारदेखि २ महिने सिलाई कटाई सीप विकास तालिम शुरु भएको हो ।
सिलाई कटाई सीप विकास तालिमको उपाध्यक्ष लक्ष्मी गौतमले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वडाअध्यक्ष मिनराज आत्रेय लगायतको उपस्थिती रहेको थियो ।