धारापानीको लामाखर्क र बरारुखका दुई विधालयमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीको लक्ष्मी आधारभुत विधालय लामाखर्क र भगवती आधारभुत विधालय बरारुखमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । 
धारापानीको लक्ष्मी आधारभुत विधालय लामाखर्क र भगवती आधारभुत विधालय बरारुखमा वार्ड कार्यालयको आयोजनामा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो । 
कोरोना सम्बन्धी सचेतना कार्यक्रममा वार्ड नम्बर ४ का वडासदस्य झबिलाल थापा, वार्ड नम्बर ३ र ४ का प्राबिधिक सहायक भुपाल पुन, ईलाका प्रहरी चौकी धारापानीका प्रमुख गोबर्धन यादब, धारापानी स्वास्थ्य चौकी अहेब मणिराम कुवर, वार्ड नम्बर ३ र ४ का भेटेनरी प्रावधिक भेष बहादुर खड्का लगायतको उपस्थितिरहेको थियो । 
कार्यक्रममा कोरोनाबाट बच्न, र यसको नियन्त्रण लगायतका बारेमा जानकारी गराइएको थियो ।