टोपबहादुर रायमाझी एमालेमा गएपछि अर्घाखाँचीका ७५ जना शहीद परिवारको मन अमिलो


सागर महत
सन्धिखर्क, अर्घाखाँची । माओवादीको जनयुद्ध पछि देश शान्ति प्रक्रियामा गईसकेपछि २०६४ यताको चुनावमा प्रतिनिधी सभामा बिजयी हुदै आउनुभएका र अर्घाखाँचीबाट पटक–पटक मन्त्री हुनुभएका टोपबहादुर रायमाझी अहिले खुलेर पूर्व माओवादी केन्द्र छोडेर प्रधानमन्त्री केपी शर्मा ओली समूहको एमालेमा गएपछि जिल्लामा उहाँको आलोचना बढेको छ ।
 हंसपुरको बामरुकमा नेकपा माओवादी केन्द्रको चुनावी कार्यक्रममा माओवादीमा प्रवेश गरेकालाई स्वागत गर्दै टोप बहादुर रायमाझी । फाइल तस्बिर / २०७४ आश्विन ८, आइतवार
जिल्लामा माओवादीको नेतृत्व के होला भने विषयलेसमेत चर्चा पाएको छ । नेता रायमाझीसँगै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पनि एमालेमा जानुभएको छ । सोहि विषयमा यता माओवादी निकट कार्यकर्ता सुदिप खनाल भने माथिल्लो तहका केहि नेता गएपनि तल्लो तहका कार्यकर्ता माओवादी केन्द्रमै रहेको र हिजो आफुलाई सहयोग गर्ने दौतरी साथी छाडेर एमालेमा गएको भन्दै आक्रोशित भएका छन् ।
जनयुद्धको क्रममा जिल्लाबाट केन्द्र सम्म नेतृत्व गर्नेमा अर्घाखाँचीको महत्वपूर्ण भुमिका देखिएको छ । यो जिल्लाबाट मात्र ७५ जना नागरिकहरू शहीद हुँदा उनीहरुको सपना भुलेर चटक्कै छाड्दा उनीहरुको परिवारको मनसमेत अमिलो भएको छ । जलस्रोत तथा सिँचाइ मन्त्री एवं माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गर्नु भएका रायमाझी पदको लोभमा सहिदहरुले देखाएको बाटो सँगै रगत पसिना लाई तत्काल नै भुलेर जानुले उहाँको राजनितिक यात्रा अब ओरालो लागेको माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिक किशोरको दावी छ ।
भलै कुनै समयमा एमालेसँग माओवादीको एकीकरण गराएर पुष्पकमल दाहालले कम्यूनिष्ट पार्टी जोगाएको बताउने रायमाझी एकएक फेरीनुले उन्को व्यक्तिगत स्वार्थ भएको विश्लेषण गरीएको छ । तर रायमाझीले भने अध्यक्ष दाहालले उचित नेतृत्व गर्न नसक्दा नेकपामा माओवादी केन्द्र गुमनाम हुने अवस्थामा पुगे पछि जिल्लाको विकास निर्माणलाई अगाडि बढाउन र आफू सुरक्षित हुनको लागि एमाले नछोडेको उहाँको भनाइ छ । उहाँले जस्तो आश्वासन दिएर पुनः जनतालाई प्रभावित पार्न खजेको पनि र जो जहाँ भएपनि अबको राजनितिक यात्रा चुनाव पछिको परिणामबाटै हुने छ ।