बाबुराम पौडेल
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
जा.ति.रा.भ (जालपा, तिलकराम, भट्टराई) स्मृति प्रतिष्ठानले आयेाजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बैशाख ७ गते बसन्त महाअष्टमीका दिन पालिकाका अध्यक्ष लेखनाथ पेाखरेलले स्थानीय असहाय, निसन्तान, वृद्ध-एकल महिलालाई रू. एकलाख नगदका साथ दोसल्ला ओढाई सम्मान गर्नु भएको हो ।
स्थानीय कर्मयोगी जालपा-तिलकराम भट्टराइ (जातिराभ) सन्ततीहरूले छत्रदेव गाउँपालिकाको लागि क्षेत्राधिकार तोकी वर्षेनी असाहय, एकल, निसन्तान जेष्ठ नागरिक वा माता-पिताको निष्ठाका साथ सम्मानजनक सेवा सुश्रुषा गरेको परिवार वा पछाडी परेका असहाय टुहुरा वालवालिकाहरूको पठन-पाठनमा सघाउन स्थानीय गाउपालिकाको सहमति र सहभागितामा सम्मान गर्न वर्षेनी रू. एकलाख धनराशी जुटाउने गरी रू. दशलाखको अक्षयकोष खडा गरेको नारायण भट्टराइले जानकारी गराउनु भएको छ ।
यस अवसरमा अध्यक्ष पोख्रेल निजी स्तरमा यस प्रकारका कोष स्थापना गरी असाहय वृद्ध-वृद्धाहरूको सम्मान गर्नु उच्चकोटीको सेाच भएको बताउनु भयो। सो अवसरमा यस प्रकारको उत्कृष्ट कामका थालनी गर्ने भट्टराई बन्धुहरूलाई गाउँपालिकाको उपाध्यक्ष तुलसा श्रेष्ठले बधाइ दिनु भएको थियो ।
कार्यक्रममा वार्ड २ का अध्यक्ष राजेश कुमार पन्थी र ४ का अध्यक्ष अशोक कुमार श्रेष्ठले यस्ताे पुनित कार्यलाई मन बचनले सदा सघाउने वचन दिनु भएको थियो । पूर्व प्रअ कृष्ण पेाख्रेलले संचालन गर्नु भएको सम्मान कार्यक्रममा स्थानीय समाजसेवी चक्रपाणी खनालले पनि मन्तव्य राख्नु भएको थियो ।
इश्वरी प्रसाद पाण्डेको सभापित्वमा सम्पन्न यस कार्यक्रमको प्रारम्भमा जातपराभका जेठा छोरा नारायण भट्टराइले जातपराभको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो । सम्मानित असहाय महिला छत्रदेव – ३ निवासी जानका देवी भट्टराई हुनुहुन्थ्यो । जा.ति.रा.भ.का सचिव अच्युत भट्टराईले मन्तव्य सहित स्वागत गर्नु भएको थियो ।