अर्घाखाँचीमा पछिल्लो समय आगलागीका घटनाहरु बढ्दै, स्थानीय तहहरु दमकलविहीन


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा पछिल्लो समय आगलागीका घटनाहरु बढ्दै गएका छन् ।
जिल्लाभर आगलागीका घटनाहरु बढे पनि नियन्त्रणका लागि यहाँका स्थानीय सरकारसँग कुनै योजना तथा व्यवस्थापन नै छैन ।
६ स्थानीय तह भएको अर्घाखाँचीमा सन्धिखर्क नगरपालिकामा मात्रै दमकल छ । अन्य स्थानीय तहहरु दमकलविहीन छन् ।
बाहिरका पालिकाले आगलागी नियन्त्रणका लागि सन्धिखर्कबाट दमकल झिकाउन परेको छ ।
आगलागी नियन्त्रणका लागि अत्यावश्यक दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोक्न सकिने जिल्ला समन्वय समिति अर्घाखाँचीले बताएको छ ।
You may also be interested in: