अर्घाखाँचीमा विप्लब नेतृत्वको नेकपा निकट युवा संगठन नेपालको चौथो भेला सम्पन्न (फोटो सहित)


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय संगठन युवा संगठन नेपाल अर्घाखाँचीको चौथो  भेला आज सम्पन्न भएको छ । 
आज  सम्पन्न भेलाले पोष  बहादुर रास्कोटीको  अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको  निर्माण गरेको छ । कार्यक्रम युवा सगठन नेपालका केन्द्रिय समितिका सदस्य तथा लुम्विनी व्युरो संयोजक विश्लेषणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  
कार्यक्रममा संगठनका लुम्बिनी ब्युरो सयोजर्क विश्लेषणले ससदीय व्यबस्थाले देशलाई निकास दिन नसक्ने हुनाले युवाहरुले अब देश निर्माण समाजको  परिबर्तनको परिकल्पनाको बारेमा सोच्नुपर्ने बताउदै सही विचार क्रान्तिकारी सोच भएको खण्डमा परिबर्तन सम्भब भएकोले सम्पूर्ण  देशभक्त, प्रगतिशिल युवाहरू एकजुट भएर दलालहरूको विरुद्धमा संघर्ष गर्नुपर्ने बताउदै  उनले वर्गभिाजित समाजको अत्य गरी समानतामुलक समाज निर्माणको लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोेड दिए । 
आफुहरुले प्रचण्ड बाबुरामले फोहोरमा फालेरको झण्डा उठाएर क्रान्तिको सुरुवात गरेकोले सम्पूर्ण युवाहरु एक हुनुपर्ने बताए एक फरक प्रसगमा कुरा गदै  जनतालाई सासद छान्ने अघिकार दिए पनि प्रधानमन्त्री र मन्त्री छान्ने अघिकार नदिएकोले प्रधानमन्त्री र मन्त्री निरकुश बन्ने  जनतामाथि मजदुरको व्यबहार गरेकोले प्रधानमन्त्री र मन्त्री पनि जनताबाट चुनिन पाउनुपर्ने  बताउनुभएको थियो । 
 कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी माहुरीले परिर्बतका एजेन्डा बोक्दा आफुहरु माथि राज्यले प्रतिबन्ध लगाएको र आफुहरुको निरन्तर सघर्षले गर्दा ती सरकारका सपना धरापमा परेको बताउदै अब युवाहरु जनबादी बैज्ञानिक समाजबादी सत्ताको लागि सघर्ष गनुपर्ने बताए । कार्यक्रममा अखिल क्रान्तिकारी का पुर्व अध्यक्ष नविन खड्का अध्यक्ष बाबुराम नेपाली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
 कार्यक्रम युवा सगठन नेपाल अर्घाखाँचीका संयोजक पोष बहादुर रास्कोटीको अध्यक्षता गिरिजा खड्काको सञ्चालन पदम नेपालीको स्वागत मन्तब्यमा कार्यक्रमम सम्पन्न भएको थियो ।