अर्घाखाँचीमा एमालेको जिल्ला ईन्चार्जमा चन्द्र बहादुर खड्का चयन | टाेप बहादुर रायमाझी माेर्चा संगठनकाे ईन्चार्ज


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँची जिल्लाको ईन्चार्जमा चन्द्र बहादुर खड्का (उज्ज्वल) चयन भएका छन् । 
फाइल तस्बिर । अर्घाखाँचीडट्कम

नेकपा(एमाले)ले दशाै राष्ट्रिय महाधिवेशन आयाेजक कमिटीका सदस्यहरूकाे कार्यविभाजन अनुसार एमाले अर्घाखाँची जिल्लाको ईन्चार्जमा चन्द्र बहादुर खड्का (उज्ज्वल) चयन भएका हुन् । 
यस्तै अर्घाखाँचीबाट महाधिवेशन आयाेजक कमिटीमा  ४ जनाले जिम्मेवारी पएका छन् । जसमा टाेप बहादुर रायमाझी माेर्चा संगठनकाे ईन्चार्ज, नजिर मियाँ मुश्लिम ईत्तेहाद संगठन तथा सम्वद्व संगठनहरूकाे ईन्चार्ज र बाेम बहादुर विश्वकर्माले  नेपाल उत्पीडित जातीय मुक्ति समाज तथा सम्वद्व संगठनहरूकाे ईन्चार्जकाे जिम्मेवारी पाएका छन् ।
 
खड्का र रायमाझी नेकपा माओवादी केन्द्र छोडी एमालेमा प्रवेश गरेका हुन् । भने २०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा अर्घाखाँची जिल्लाबाट सांसद बनेका उर्जामन्त्री टोपबहादुर रायमाझी र  चन्द्रबहादुर खड्काको राष्ट्रिय सभाका सदस्य पद गुमेका छ ।