सन्धिखर्कमा महामारी जन्य रोगहरुको रोकथामका लागि अन्तरक्रिया सम्पन्न (फोटो सहित)


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा कोरोना लगायत विभिन्न महामारी जन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवाला संगको अन्तरक्रिया तथा आरआरटी स्वास्थयकर्मी परिचालन कार्यक्रम आज सम्पन्न भएको छ ।
 
कार्यक्रमको उद्धाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले विपद र महामारी जुनसुकै समयमा पनि आउन सक्ने भएकाले यसबाट बचाउन सबैले आआफ्नो स्थानबाट भुमिका खेल्नु पर्ने बताउनु भयो ।
 
नगर उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, अर्घाखाँची अस्पतालका डाक्टर अमृत भट्टराई लगायतले मन्तब्य राख्नु भएको थियो ।
 
कार्यक्रम सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको सञ्चालन र अनिता भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु