अर्घाखाँचीमा लकडाउन नहुने | जिल्लाभरका विद्यालयमा यो महिना भित्र बार्षिक परिक्षा सम्पन्न गर्नुपर्ने
बैशाख १० गते, २०७८ मा प्रकाशित
अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला डिसिएमसीको बैठक सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न बैठकले जिल्लामा तत्काल जिल्लामा लकडाउन नगर्ने निणर्य गरेको छ ।
बैठकले जिल्लाको कुनै स्थानमा संक्रमित भेटिए स्थानीय सरकारको सहयोगमा कोभिडमा अस्पताल तत्काल उपचारको व्यवस्था गर्ने, एन्टिजेन किट स्थानीय पालिका आफैले व्यवस्था गर्ने निणर्य गरेको छ । बैठकले बिद्यालयको बार्षिक परिक्षा बैशाख महिनाभर सम्पन्न गर्ने व्यवस्था मिलाउन शैक्षिक संस्थालाई पहल गर्ने निर्णय समेत गरेको छ ।
बैठकमाप्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी , राष्ट्रिय सभा सदस्य चन्द बहादुर खड्का , जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा जिल्ला स्थित ६ वटै पालिकाका प्रमुखहरु , स्थानीय पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु , राजनैतिक दलका प्रमुखहरु, राष्ट्रिय जनमोर्चाका नेता थम्मन केसी, नेपाली काङ्ग्रेसका सभापति बिष्णु खनाल मुस्कान, नेकपा माओवादीकी नेतृ छमकुमारी खनाल चिनारी, नेकपा एमालेका नेता जनार्दन खनाल लगायतको उपस्थित रहेको थियोे ।