अर्घाखाँचीमा हावा हुरि, बर्षाका कारण अबरुद्द बिजुली छिट्टै सुचारु हुने | ठाउँ, ठाउँमा लाइन फल्ट मर्मत हुँदै


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अबरुद्द बिजुली छिटो नियमित सुचारु हुने भएको छ ।
बिजुली नियमित गर्न कर्मचारीहरु दिनरात फिल्डमा खटिएका छन् । 
हावा हुरि तथा बर्षाको कारण जिल्लामा १,२ दिनदेखि अबरुद्द बिजुली बत्ती छिटो नियमित सुचारु हुने भएको हो । 
नेपाल विधुत प्राधिकरण अर्घाखाँची केन्द्रका प्रमुख किरन खनालले अर्घाखाँचीडट्कमलाई बताए अनुसार; हावा हुरी पानीको कारण लाइन फल्ट नभएमा लाइन नियमित हुनेछ । यस्तै बिद्धुत आपूर्ति झिम्रुकदेखि सन्धिखर्क आउने ३३ के. भी लाइनको प्युठानको बुटवल पावर कम्पनीको कार्य क्षेत्रको लाइनमा गए रातीको हावा हुरी तथा पानीले फल्ट भएकोमा भर्खर तार चुडिएको भेटिएको छ केही समयपछि चालू हुने बताइएको छ ।  
साथै खनालले भन्नु भयो; “बुटबल पाल्पा गुल्मी हुँदै अर्घाखाँची आउने ३३ के भी लाइनमा समेत गुल्मी र पाल्पाको अधिकास स्थानमा गए रातीदेखि लाइन फल्ट भएकोले मर्मत हुँदैछ । सन्धिखर्कसम्म नै लाइन नआएर समस्या भएको र.. प्राय जसो एक तर्फ बिग्रेको बेला अर्को तर्फ देखि हुनेमा गए राती दुबै तर्फ समस्या आयो, लाइन चलाउन सकिएन् । आज भोली मै ठिक हुन्छ मौसम ठिक भयो भने ।”
जिल्लामा हावा हुरि तथा बर्षाको कारण बिजुली अवरुद्ध भएपछि नकारात्मक टिप्पणी गरेता पनि अर्घाखाँचीमा मात्र नभएर गुल्मी, पाल्पा, प्युठान लगायतका अधिकास पहाडी जिल्लामा बिजुली अवरुद्ध भएको देखिन्छ ।    
उता अन्य जिल्लाको तुलनामा विधुत प्राधिकरण अर्घाखाँचीमा पर्याप्त जनशक्ति, अन्य प्राप्त  सुविधा पनि नभएको देखिन्छ । तरपनि यहाँका कर्मचारीहरु दिनरात  सेवामा खटिएका देखिन्छन् । यस्तै पछिल्लो समय जिल्लाभर बिद्धुत विस्तार, सबस्टेशनहरु निर्माण, विभिन्‍न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने लगायत दर्जनौ काम भईरहेका छन् ।   
अर्घाखाँची बितरण केन्द्रको प्रमुखमा  स्वच्छ छविका मिहिनेती, इमान्दार किरन खनाल आएपछि अर्घाखाँचीभर बिद्धुत आपूर्तिमा पनि सहज नियमित भएको देखिन्छ ।