भुमिकास्थान नगरपालिकालाई सुरक्षित नागरिक आवास कार्यक्रमकाे लागि १ करोड २७ लाखको चेक हस्तान्तरण


अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकालाई १ करोड २७ लाख रुपैया बराबरको चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।   
नेपाल सरकार शहरी विकास मंत्रालय अन्तर्गत संचालित सुरक्षित नागरिक आवास कार्यक्रमकाे चेक हस्तान्तरण कार्यक्रममा  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीले चेक हस्तान्तरण गर्नु भएको हो ।   
कार्यक्रममा रायमाझीले भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापालाई रु.१ करोड २७ लाख बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो ।