काठमाडौं, वैशाख १२ गते । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । नेकपा एमाले १०औं महाअधिवेशन आयोजक कमिटीको तेस्रो बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताउनुभएको हो । उहाँले हटस्पटमा अलग्गै लकडाउन हुनसक्ने तर देशव्यापी लकडान तत्काल नगरिने स्पष्ट गर्नुभयाे ।
बैठकमा शनिवार बसेकाे काेभिड मेनेजमेन्ट किमिटीकाे बैठकका निष्कर्ष जानकारी गराइएकाे थियाे । बैठकमा काेराेना भाइरसकाे डबल म्यूटेन देखिएकाे र तेस्राे पनि आशङ्का गरिएकाे जानकारी गराइएकाे थियाे ।
हिजाेकाे बैठकमा अक्सिजन प्लान्ट विस्तार र औषधिकाे व्यबस्था गर्ने बारे छलफल भएकाे र साेही अनुसार पार्टी कमिटीलाइ पनि काेभिडविरूद्ध परिचालन गर्ने अाजकाे बैठकमा छलफल भएकाे जानकारी गराउनुभयाे । गोरखापत्रमा समचार छ ।