अर्घाखाँचीका सिडियो “तपाईको माक्स खै ?” भन्दै सन्धिखर्क, चुत्राबेसीका सडकमा (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल सहितको सुरक्षा टोलीले “तपाईको माक्स खै ?” जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । 
 प्लेकार्ड सहित सन्धिखर्कका सडकमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल सहितको सुरक्षा टोलीले आईतबार  जनचेतना जगाउँदै मास्क नलगाएकाहरुलाई मास्क उपलव्ध गराएको हो ।
 सन्धिखर्क, चुत्राबेसीमा   श्वरी बक्स गुल्मका गुल्मपति सेनानी लेखनाथ कटुवाल, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकी, नं. ३६ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जन, प्रमख राष्ट्रिय अनुसन्धान अधिकृत बिनय चतुर्बेदी, बिभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, संघ सस्थाका प्रतिनिधीहरु तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नेपाल समेतको टोलीले  सर्वसाधारण, सवारी चालक/सह-चालक तथा यात्रुहरूलाई मास्क बितरण, मास्क नलगाई हिडडुल गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने भनि सचेत गराई सम्झाई बुझाएका थिए । 
र्याली सहित आएका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल सहितको सुरक्षा टोलीले सन्धिखर्क, चुत्राबेसीमा विभिन्न जनचेतनामुलक प्लेकार्ड बोकेर र्याली गरेका थिए । उनीहरुले “तपाईको माक्स खै ?”,अनिवार्य रुपमा माक्स प्रयोग गरौ, जथाभावी भिडभाड नगरौ, “सामाजिक दुरी कायम गरौं” , “कोरोना हटाउन आजै देखी सामुहिक रूपमा लागौं लगाएतका विभिन्न प्लेकार्ड बोकेका थिए ।  
साथै अर्घाखाँची जिल्लाका सार्वजनिक स्थलमा २५ भन्दा बढी व्यक्ति जनमघट हुन नपाइने भएकाे छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितीको बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नका लागि गत बिहीवारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आदेश जारी गरेको छ । 
भारतका विभिन्न प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेकाले अर्घाखाँचीसमेत उच्च जोखिममा रहेकाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नका लागि आग्रह गरिएको छ ।  अती आवस्यक काम नपरि घरबाट ननिस्कने निस्कनै परेमा अनिवार्य मास्क लगाउन पर्ने छ । 
“विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्नुपर्ने छ । यस्तै  “सिनेमा हल, पार्टीप्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।”