अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घामा बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत अर्घा १०६ जना बिपन्न वर्गलाई ३ वटाका दरले आय आर्जनका लागि ३१८ वटा बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य चेतनारायण आचार्यले बाख्रा पालनलाइ व्यवसायमा रुपान्तरण गरि दैनिक खर्च तथा अन्य खर्च येसैबाट गर्न सकिन्छ भन्ने उद्देशले प्रदेश सरकारले कार्यक्रम राखेर कार्यन्वयन गरेको बताउदै येसैलाइ पेशा सम्झेर राम्रोसँग बाख्रा पाल्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रम नगरप्रमुख कमल प्रसाद भुसालले कसैले पनि बाख्रा काटेर खाएमा अब कुनै कार्यक्रम पनि नदिने र राम्रो सङ पालन पोसण गर्न आग्रहगर्नु भयो । विशिष्ट अतिथी नगर उपप्रमुख ठाकुर कुमार बिक ले यो कार्यक्रम बिपन्न जनताको कार्यक्रम भएको बताउनु भयो ।
कार्यक्रममा वडाअध्यक्ष देवि बहादुर रायमाझीले स्वागत मन्त्व्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन कार्यक्रम सहजकर्ता भरत न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका पशु शाखाका प्रमुख प्रकाश न्यौपाने , कृषि साखाका प्रमुख राजेन्द्र भट्टराई समाजसेवी बल बहादुर रायमाझी र राम बहादुर रायमाझी वडा सदस्यहरु मनकला परियार, कमला भुसालको सहभागीता रहेको थियो ।