अर्घाखाँचीमा कोरानाबाट ज्यान जोगाउन आउँदा ११ वर्षपछि हत्या अभियुक्त प्रहरी फन्दामा
बैशाख १२ गते, २०७८ मा प्रकाशित
अनिल नेपाली | गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ११ वर्ष पछि हत्या गरि फरार रहेका अभियुक्तलाई आईतवार प्रहरीले प्रक्राउ गरि सार्वजनिक गरेको छ ।
छत्रदेव गाउँपालीका वार्ड नम्बर २ छत्रगञ्जको टुनिपोखराका वर्ष ३२ का दिपक कुमालको हत्या गरि फरार रहेका सोही ठाउँ निवासी वर्ष ४८ का हन्तिलाल कुमाललाई विषेश सुराकीका आधारमा करिब १० वर्ष ८ महिनापछि प्रक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
हत्या गरि भारतमा लुकिछिपि बस्दै आएका कुमाल कोराना भारतमा बढेपछि कोभिडबाट बच्न नेपाल आई आफनै घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले बैशाख १० गते शुक्रवार प्रक्राउ गरि आवश्यक प्रक्रिया पुरा गरी अदालत पेश गरेको प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानाकारी दिए ।
कुमालले घरेलु हतियार हसिँया प्रयोग गरी २०६७ साल भदौ ६ गतेका दिन नै बिहानको ८ बजेर ४५ मिनेट जादाँ छत्रगञ्जको टुनीचौर स्थित खेतमा लाश फेला परेको भन्ने प्रेम कुमालले जाहेरी दिएका थिए ।
२०६७ भदौ ६ गते बिहान ८ बजेर ४५ मिनेट जाँदा हत्या गरी फरार भएका आरोपित कुमालले आफुसँग पटक-पटक झगडा गर्ने गरेकाले रिसको झोकमा हसियाले हानेर हत्या गरेको प्रहरी समक्ष स्विकार गरेको जनाईएको छ ।
भारतमा कोराना बृद्धि भएसगै ज्यान जोगाउनको लागी नेपाल आएको हन्तिलालको भनाई रहेको छ । पक्राउ परेका कुमाल जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको छ ।
फरार प्रतिबादी पक्राउ
=============
आ.व.:- २०६७।०६८
मुद्दा शिर्षक:- कर्तव्य ज्यान
मु.मि.नं.:- ०६
वारदात मिति:- २०६७।०५।०६ गते ०८:४५ बजेको समयमा ।
वारदातस्थल:- जिल्ला अर्घाखाँची साविक छत्रगंज गा.वि.स. वडा नं.२ हाल छत्रदेव गाउँपालिका वडा नं. ५ टुनिचौर स्थितमा ।
दर्ता मिति:- २०६७।०५।०७ गते
जाहेरवाला:- जिल्ला अर्घाखाँची साविक छत्रगंज गा.वि.स. वडा नं.२ हाल छत्रदेव गाउँपालिका वडा नं.५ बस्ने वर्ष ४१ को प्रेम कुमाल ।
मृतकको नामथर वतन:- ऐ.ऐ. बस्ने वर्ष ३२ को दिपक कुमाल ।
प्रतिवादी:- ऐ.ऐ.बस्ने वर्ष ४८ को हन्तिलाल कुमाल ।
प्रतिवादी पक्राउ मिति:- मिति २०७८।०१।१० गते ।
घटनाको छोटकरी विवरण:-
जिल्ला अर्घाखाँची साविक छत्रगंज गा.वि.स. वडा नं.२ हाल छत्रदेव गाउँपालिका वडा नं.५ टुनिचौर बस्ने मिति २०६७।०५।०५ गते बिहानको खाना खाई हिंडेका वर्ष ३२ को दिपक कुमाललाई ऐ.ऐ. बस्ने बर्ष ४९ को हन्तिलाल कुमालले धारिलो हतियार (हँसिया) प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा मिति २०६७।०५।०६ गते बिहान अं. ८:४५ बजेको समयमा ऐ. टुनिचौर स्थित खेतमा लाश फेला परेको भन्ने प्रेम कुमालको जाहेरी दरखास्त । उक्त घटना पश्चात प्रतिवादी हन्तिलाल कुमाल(मुखिया) फरार भई भारतमा गई लुकिछुपि बस्दै आएको थिए । मिति २०७८।०१।१० गते जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं.५ मा आई आफ्नो घरमा लुकिछुपि बसेको छ भन्ने सुचनाको आधारमा तत्काल प्रहरी टोलि खटि गई पक्राउ गरी सम्मानित जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको ।