पीताम्बर भट्टराई
लामाे खडेरीअतिभाे परेकेा
पानी नपाई बनका मरेकाे
काेही दगुर्दै उडदै गरेकाे
खाेला छहारी झरना ढुंडेकाे।।
२
धेरै अगाबै नपरे र पानी
प्राणी बनेका खतरा दिबाली
आपद असाद्धै भुइमा परेकाे
आकाश तेस्तै जलने गरेकाे।।
३
खेती न पाती हरियाे हरायाे
सुक्खा छ सारा कसला गटायाे
खाेला पधेरा मुल छन् सुकेका
सुक्खा झरेका बनमा डढेका।।
४
हाबा छ ताताे पसिना चुहेकाे
चर्काे छ गर्मी जिउनै जलेकाे
ताताे छ धेरै बलने खडेरी
कालाे छ छाला धुपले डढेसी।।
५
एसी र पंखा कुलरै बनेका
अाराम धेरै रहने हुनेका
गाह्राे छ ऐले कटनै खडेरी
दुःखी कसाेरी रहने एसाेरी।।
६
जाेतेर मेलाे नसके दिदैन
ज्याला नपाए मरने अकाल
छाेरीर छाेरा घरमा बबाल
प्राणैछ प्याराे जिउने सबाल।।
७
तेस्तै खडेरी सरकार यहाँ
जन्ता कसैका नसुनी इरादा
उस्काे छ काेसिस् परका अगाल्ने
सुम्पेर जेथा घरका पखाल्ने।।