अर्घाखाँचीमा दोस्रो चरणको कोभिड खोप लगाउन छुटेकालाई भोली एक दिनको अवसर

 

केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा दोस्रो चरणको खोप लगाउन छुटेकाहरुलाइ भोली बैशाख १३ गते अबसर दिइने भएको छ । 
जिल्ला अस्पताल अर्घाखाँचीमा दोस्रो चरणको खोप  बैशाख ७ गते देखि ११ गते सम्म दिइएको थियो ।
 
माघ १४ देखि २५ र फागुन २ देखि १० गते भित्र पहिलो चरणको खोप लिएकाहरुलाई दोस्रो डोज लिनको लागि बैशाख ७ देखि ११ गते सम्मको समय दिइएको थियो । तर उक्त समयमा कुनै कारणबश खोप लगाउन नआएकाहरुलाइ भोली एक दिनको लागि अबसर दिइएको जिल्ला अस्पताल अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले  बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा सम्पुर्ण स्वास्थकर्मी , सरसफाईकर्मी, जनप्रतिनिधि , बैंक तथा बित्तिय संस्थाका कर्मचारी , पत्रकार लगायतले पहिलो डोज लगाइसकेका छन् ।