माधव खनाल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढाकावाङ्ग स्वास्थ्य चौकीमा कोभिड १९ रोग रोकथाम सम्बन्धी वैठक बसेको छ ।
ढाकावाङ्ग स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष भोजराज खनालको अध्यक्षतामा कोभिड १९ रोग रोकथाम सम्बन्धी वैठक बसेको हो ।
बैठकले निम्म बमोजिमका निर्णय गरेको छ :
विश्व ब्यापी रुपमा देखा परेको कोभिड १९ रोगको सङ्क्रमणको कारण उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै उक्त रोगलाई नियन्त्रण तथा रोकथामको आज भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर १/ २मा आवस्यक क्रियाकलाप जस्तै भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने नेपाली दाजुभाई तथा दिदिबहिनी सम्पुर्ण लाई कम्तीमा पनि १०देखि १५ दिन सम्मको लागि होम क्वारेन्टाइन तथा होम आइसोलेसनमाअनिवार्य रुपमा बस्ने र बसाल्ने भिडभाड हुने किसिमका कुनैपनी गतिविधि सन्चान नगर्ने र यस रोग सम्बन्धी टोल टोलमा जनचेतना प्रबाह गर्नको निमित्त यी वार्डहरुसँग संबंधित जनप्रतिनिधि ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि शिक्षक शिक्षिका टोल सुधार समिति विभिन्न सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक एवम बौद्धिक व्याक्तित्व हरु महिला स्वास्थ्य स्वयंम सेविका स्वास्थ्य कर्मी पत्रकार लगाएत सम्पुर्णलाई आआफ्नो ठाउँबाट परिचालन गरि कोभिड १९ रोगलाइ नियन्त्रण तथा रोकथाम गर्नको निमित्त सम्पुर्ण लाई अनुरोध गरेको छ ।